पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/4e3aa9f104c7f411e326a9a6ec89dc341471052820.jpg" style="line-height: 1.42857; float: left;"><span style="line-height: 1.42857;">साउन २९, पाँचथर । महिला उद्यमशीलता कोषले पाँचथर जिल्लाका १८ जना महिलाका व्यवसाय प्रवद्र्धन गर्न रु ५० लाख सहयोग गरेको छ । </span></p><p>घरेलु तथा साना उद्योग महासङ्घ पाँचथरका अनुसार गत आवमा प्रस्तावित फर्मलाई सहयोग रकम उपलब्ध गराएको हो । महासङ्घको महिला उद्यमशीलता विकास समिति केन्द्रीय सचिव शान्ता बाँस्कोटाले सहयोग रकम उद्यमीका बैंक खातामा निकासा दिने तयारी भइरहेको जानकारी दिनुभयो ।</p><p>व्यवसायको प्रकृति हेरी प्रतिफर्म रु एकदेखि अढाइ लाख लगानी गर्न लागिएको हो । व्यवसायीले उक्त रकम वार्षिक पाँच प्रतिशत ब्याजदरमा प्राप्त गर्न लागेका हुन् । रासस </p>

