भदौ १, पोखरा । केही महिनाअघि देखि नगर क्षेत्रमा बससेवा सञ्चालन गर्दै आएको बिन्ध्यवासिनी यातायात बस व्यवसायी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १, पोखरा । केही महिनाअघि देखि नगर क्षेत्रमा बससेवा सञ्चालन गर्दै आएको बिन्ध्यवासिनी यातायात बस व्यवसायी"/>
2026-09-19 05:05 AM
अर्थ/विकास

थप २६ नगर बसलाई रुट परमिट

भदौ १, पोखरा । केही महिनाअघि देखि नगर क्षेत्रमा बससेवा सञ्चालन गर्दै आएको बिन्ध्यवासिनी यातायात बस व्यवसायी समितिले थप २६ वटा बस सञ्चालन गर्न रुट परमिट पाएको छ । 

पुरानो पोखरा बस व्यवसायी समितिको विरोधका बाबजुद पोखराको नगर क्षेत्रमा तीनवटा नगर बस सञ्चालन गर्दै आएको बिन्ध्यवासिनीले थप २६ वटा बस सञ्चालन गर्ने परमिट पाएपछि अब समितिबाट सञ्चालन गर्ने बसको सङ्ख्या २९ पुगेको समितिका अध्यक्ष सोमबहादुर गुरुङले जानकारी दिनुभयो । 

यातायात व्यवस्था कार्यालय गण्डकी, पोखराले समितिलाई बस सेवा सञ्चालन गर्न रुट परमिट दिएको र कार्यालयले बस सञ्चालन गर्ने रुट पनि तोकिदिएको छ । 

पोखरा उपमहानगरपालिकामा वडाहरु थपिएसँगै समितिले अब सहरी तथा ग्रामीण क्षेत्रमा आफ्ना बस सञ्चालन गरी यात्रुलाई सुविधा दिने बताइएको छ । ३० सिट क्षमता रहेका ती बसमा यात्रुका लागि विभिन्न सुविधा पनि राखिएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई