पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १, राजविराज । आर्थिक वर्ष २०७२/७३ मा सप्तरीका १६ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ ।

लामो समयदेखि लेखा परीक्षण नगर्ने, संस्थाको मासिक र वार्षिक प्रगति विवरण नबुझाउने सहकारीको दर्ता खारेज गरेको सहकारी डिभिजन कार्यालयका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिनुभयो । सगरमाथा पोल्ट्री बहुमुखी सहकारी, जय श्री पशुपतिनाथ उपभोक्ता सहकारी, अर्नाहाको औषधि र सहकारी संस्था लिमिटेड, कल्याणपुरको जानकी दुग्ध उत्पादन सहकारी तथा मधुपटीको कदमाहा दुग्ध उत्पादक सहकारी संस्था खारेज गरिएको हो ।

यस्तै छिन्नमस्ताको कालिका उपभोक्त सहकारी, लालापटीको गणेश बहुमुखी सहकारी, बोरियाको बोरिया कृषि संस्था, जय हनुमान उपभोक्ता सहकारी, सीताराम उपभोक्ता सहकारी, इटहरी विष्णुपुरको कृषक उपभोक्ता सहकारी, शिव उपभोक्ता सहकारी र सन्तोष उपभोक्ता सहकारी संस्था लिमिटेडको दर्ता खारेज गरिएको सुवेदीले बताउनुभयो । रासस