भदौ १०, पाँचथर । पाँचथरको दक्षिणी सुख्खाग्रस्त क्षेत्रलाई लक्षित गरी सुरु भएको तमोर लिफ्ट खानेपानी आयोजना सात महिनापछि पुनः सुरु गरिएको छ । 

पाँचथरको दक्षिणी सुख्खाग्रस्त क्षेत्र यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसलाई लक्षित गरी सुरु भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, पाँचथर । पाँचथरको दक्षिणी सुख्खाग्रस्त क्षेत्रलाई लक्षित गरी सुरु भएको तमोर लिफ्ट खानेपानी आयोजना सात महिनापछि पुनः सुरु गरिएको छ । 

पाँचथरको दक्षिणी सुख्खाग्रस्त क्षेत्र यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसलाई लक्षित गरी सुरु भए"/>

2026-06-20 01:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खानेपानी आयोजना पुनः सञ्चालनमा

भदौ १०, पाँचथर । पाँचथरको दक्षिणी सुख्खाग्रस्त क्षेत्रलाई लक्षित गरी सुरु भएको तमोर लिफ्ट खानेपानी आयोजना सात महिनापछि पुनः सुरु गरिएको छ । 

पाँचथरको दक्षिणी सुख्खाग्रस्त क्षेत्र यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसलाई लक्षित गरी सुरु भएको अयोजना सात महिना विभिन्न प्राविधिक कठिनाइ देखाएर काम ठप्प हुँदा स्थानीयवासी निरास भएका थिए । आयोजना पुनः सुरु भएपछि उनीहरुमा आशाको मुना पलाएको स्थानीयवासी नवीन भण्डारीले बताउनुभयो । 

हालसम्ममा आयोजनाको २७ प्रतिशत काम सम्पन्न गर्नुपर्ने भए पनि प्राविधिक कठिनाइले केही समय भनेजस्तो काम अघि बढ्न नसकेपनि अहिले आवश्यक सामग्री तयार भएकाले अब काम नरोकिने आयोजनाको जिम्मा पाएका प्रेरा स्वामीनारायण जेभी कम्पनीका सन्तोष बस्नेतले बताउनुभयो । 

कुल रु ५१ करोड ३० लाख २० हजारको लागतमा निर्माण भइरहेको उक्त आयोजनालाई मेलम्चीपछि नेपालकै दोस्रो ठूलो खानेपानी आयोजना भनिएको छ । तमोर नदीको लोरिपा दोभानबाट यासोकको थामडाँडासम्म पम्पिङ गरी पानी ल्याएपछि वितरण गरिने लक्ष्य राखिएको छ । 

उक्त आयोजना सम्पन्न भएपछि खानेपानीको चरम अभाव खेपिरहेका पाँचथरको यासोक, रानीगाउँ र स्याबरुम्बावासी लाभान्वित हुने भएका छन् । सो क्षेत्रमा खानेपानी समस्याकै कारण बसाइ सर्ने क्रम बढेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते