कमल सुबेदी | भदौ १८, पोखरा | सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखरा कास्कीले सहकारीलाई कारबाही गर्ने नाममा जथाभावी रकम असुल्ने क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल सुबेदी | भदौ १८, पोखरा | सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखरा कास्कीले सहकारीलाई कारबाही गर्ने नाममा जथाभावी रकम असुल्ने क"/>
2026-09-19 05:04 AM
अर्थ/विकास

सहकारी डिभिजनको मनपरी, धमाधम रकम असुल्ने पत्र काट्दै

कमल सुबेदी | भदौ १८, पोखरा | सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखरा कास्कीले सहकारीलाई कारबाही गर्ने नाममा जथाभावी रकम असुल्ने काम खुल्नमा आएको छ । डिभिजन कार्यालयले सहकारीलाई कारवाही गर्ने बाहानामा रकम असुली गर्ने गरेको हालै एक सहकारीलाई रकम तोकेर कारबाही चिठी पठाएपछि डिभिजन कार्यालयको कालो कर्तुत खुल्न आएको हो । 

कास्कीमा भएका सम्पूर्ण सहकारीलाई हेर्ने जिम्मा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयको हुन्छ । प्रत्येक सहकारीले आफ्नो कारोबारको मासिक प्रतिवेदन रिपोर्ट प्रत्येक महिनाको सात गते भित्र बुझाउनुपर्ने हुन्छ । सो रिपोर्ट नबुझाएको खण्डमा महिनाको ५ सय रुपैया जरिवाना लाग्ने गर्दछ । तर डिभिजनले लेखनाथको रिठेपानी बचत तथा ऋण सहकारी संस्थालाई पत्र संख्या २०७३/७४ चलानी नम्बर ४४७ मा रिठेपानी बचत तथा ऋण सहकारी संस्थाको नाममा जरिवाना गरिएको सम्बन्धमा पत्र काटिएको भेटिएको छ । 

रिठेपानी सहकारीले आफ्नो मासिक प्रगति प्रतिवेदन बुझाइसकेर डिभिजन कार्यालय कास्कीले २०७३ भदौ ५ गते दर्ता नम्बर ५४३ मा दर्ता गरिएको प्रतिवेदनमा डिभिजन कार्यालयका प्रमुख बद्री अधिकारीले तोक लगाएको भएतापनि भदौ १० गते सहकारीको नाममा कारबाही गर्ने पत्र पठाएपछि डिभिजन कार्यालयको कर्तुत प्रस्ट भएको छ । 

सहकारी ऐन २०६८ को दफा ५७(२) मा बार्षिक एक करोड भन्दा वढी कारोवार गर्ने सहकारीले प्रत्येक महिनाको ७ गते भित्र आफ्नो मासिक प्रगति विवरण बुझाउनुपर्ने हुन्छ । यसको हकमा रिठेपानी बचत तथा ऋण सहकारी संस्थाले भदौको ५ गते नै आफ्नो मासिक प्रगति प्रतिवेदन बुझाई डिभिजन कार्यालयले पास गरेको देखिन्छ । यो घटनाबाट थाहा हुन आउछकी रिठेपानीमात्र नभइ अन्य सहकारीलाई पनि यसरी कारबाहीको नाममा पैसा असुल्ने काम भएको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई