भदौ ३१, पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३१ औं महाधिवेशनका अध्यक्षका प्रत्यासी देव क्षेत्रीलाई बुद्ध विशाल बजार व्यापारिक एसोसीयसन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३१, पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३१ औं महाधिवेशनका अध्यक्षका प्रत्यासी देव क्षेत्रीलाई बुद्ध विशाल बजार व्यापारिक एसोसीयसन"/>
2026-11-02 03:36 AM
अर्थ/विकास

पोउवा संघको अध्यक्षका उम्मेदवार क्षेत्रीको समुहलाई बुद्ध विशाल बजारको साथ

भदौ ३१, पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३१ औं महाधिवेशनका अध्यक्षका प्रत्यासी देव क्षेत्रीलाई बुद्ध विशाल बजार व्यापारिक एसोसीयसनले साथ दिएको छ । विहिवार क्षेत्रीको स्वागत र सम्मान कार्यक्रमममा एसोसीयसनका अध्यक्ष प्रदिप कुमार मुल्मीले क्षेत्रीलाई विजयीको शुभकामना दिदै आगामी दिन विशाल बजार र संघबीचको सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा बोल्दै अध्यक्षका प्रत्यासी क्षेत्रीले आफू सधै व्यवसायीको नजिक रहेका कारण उनीहरुको समस्या थाहा भएको बताउदै हरेक दुःखमा साथ दिने प्रतिवद्धता व्यक्त गरे । आफू भाषणमा भन्दा बढि काममा विश्वास गर्ने बताउदै क्षेत्रीले विजयी पश्चात पनि व्यसायीको सुझावलाई मध्यनजर गरि अघि बढ्ने दाबी गरे ।

बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार मिनराज काफ्लेले लामोसमयसम्म कर्मथलो विशाल बजार भएको बताउदै आफ्नो समुहलाई साथ दिएको धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले प्रादेशिक क्षेत्रको नेतृत्वको लागि विभिन्न उद्योग वाणिज्य संघसँग छलफल गरि खाका तयार पारेको जानकारी दिदै आगामी दिनमा अझ प्रभावकारी तरिकाले व्यवसायिक हितमा लाग्ने बताए ।

क्षेत्रीको समुहमा रहेका १७ जना पदाधिकारी र सदस्यहरुले विहिवार पोखराको पृथ्वीचोक, सभागृहचोक, न्यूरोड, बुद्ध विशाल बजार लगायतका क्षेत्रका व्यवसायीहरुबीच पुगेर मत मागेको प्रचार प्रसार समितिले जनाएको छ ।

आगामी भाद्र ३१ र असोज १ गते हुने संघको ३१ औं महाधिवेशनमा क्षेत्रीको समुहबाट बरिष्ठ उपाध्यक्षमा मिनराज काफ्ले, उद्योग तर्फको उपाध्यक्षमा सिता गुरुङ, वाणिज्यतर्फको उपाध्यक्षमा सुरेश अधिकारी चुनावी मैदानमा रहेका छन् । महासचिवमा लक्ष्मी क्षेत्री पाण्डे, कोषाध्यक्षमा जनकराज पराजुली, उप–महासचिवमा अर्जुन पोख्रेल रहेका छन् ।

सदस्य पदमा अर्जुन खनाल, कुमारी मुना बास्तोला, गिरधारी शर्मा, गोमा ढकाल, चिनु गुरुङ, नवराज त्रिपाठी, बलराम आचार्य, महेश्वर पोख्रेल (शिव), हरिराज पन्त र हिमालय बख्रेल छन् ।

व्यवसायीद्धारा अध्यक्षका प्रत्यासी क्षेत्रीको समुहलाई अग्रिम बधाई

पृथ्वीचोक र सभागृहचोकका व्यवसायीले पोउवा संघको अध्यक्षका प्रत्यासी देव क्षेत्रीको समुहलाई विहिवारै स्वागत तथा सम्मान गरेका छन् ।

अन्नपूर्ण मेसिनरी एण्ड दुल्र्सका प्रोपाईटर देवराज आचार्य, व्यवसायीहरु विश्वराज आचार्य लगायतले अग्रिम बधाई दिदै सम्मान गरेका छन् । यसैगरी पोखरा मलका व्यवसायीहरु सुर्य प्रसाद श्रेष्ठ, भिम क्षेत्री, उमाकान्त पौडेल, दिलि पोख्रेल, विकास क्षेत्री लगायले खादा र अबिरले सम्मान गरेका छन् ।

उनीहरुले क्षेत्रीको समुहको विजयी सुनिश्चित रहेको बताउदै साथ दिन सबै व्यवसायीलाई आग्रह गरेका छन् । सो अवसरमा उद्योग तर्फको उपाध्यक्ष पदकी उम्मेदवार सिता गुरुङले गएको दुई वर्ष उद्योग व्यसायीकोबीचमा खर्चिको बताउदै उद्यमशिलताको विकासमा आफू लाग्ने प्रतिवद्धता व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द