2026-11-02 03:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरा उद्योग बाणिज्य संघको ३१ औं महाधिवेशन सुरु

भदौ ३१, पोखरा । पोखरेली उद्योगी ब्यवसायीको छाता संस्था पोखरा उद्योग बाणिज्य संघको ३१ औं महाधिवेशन आजदेखि सुरु हुदैछ । महाधिवेशनको अर्थमन्त्री कृष्ण बहादुर महराले उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष विन्दु कुमार थापाले जानकारी दिए । महाधिवेशनको उद्घाटन कार्यक्रम मात्रै आज हुने र नयाँ नेतृत्वको लागि मतदान भोलि हुनेछ ।

संघको निर्वा्चित २४ सदस्यीयको लागि ५३ को उमेदवारी परेकोमा कर्पोरेट दुई र औद्योगिक एक निर्वारोध भएपछि अहिले २१ सदस्यीयको लागि ४९ जना प्रतिश्पर्धी छन् । अध्यक्षमा ६ जना , दुई बरिष्ठ उपाध्यक्ष, बाणिज्य तर्फका तीन उपाध्यक्ष, औद्योगिक तर्फका दुई उपाध्यक्ष, कोषाध्यक्ष तर्फका दुई, महासचिवमा दुई र उपमहासचिवका प्रत्यासी तीन जना चुनावी मैदानमा छन् । त्यस्तै खुल्ला तर्फ १० जना सदस्यको लागि २१ जना र बस्तुगत तर्फ चार जनाको लागि ८ जना प्रतिश्पर्धी छन् ।

संघको संसोधित विधान अनुसार अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उद्योग र बाणिज्य तर्फ गरी दुई उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, उपमहासचिव , खुल्ला तर्फ १० सदस्य, बस्तुगत तर्फ चार , कर्पोरेट दुई र एक औद्योगिक गरी २४ सदस्यीय कार्यसमिति निर्वा्चित हुनेछन् । अध्यक्षले पछि मनोनित गर्ने चार सदस्य र निवर्तमान अध्यक्ष गरी २९ सदस्यीय कार्यसमिति संघमा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द