Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ भदौ ३१ गते, दिउँसो १:१५ बजे अर्थ/विकास, कास्की - KSK

पोखरा उद्योग बाणिज्य संघको ३१ औं महाधिवेशन सुरु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ ३१, पोखरा । पोखरेली उद्योगी ब्यवसायीको छाता संस्था पोखरा उद्योग बाणिज्य संघको ३१ औं महाधिवेशन आजदेखि सुरु हुदैछ । महाधिवेशनको अर्थमन्त्री कृष्ण बहादुर महराले उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष विन्दु कुमार थापाले जानकारी दिए । महाधिवेशनको उद्घाटन कार्यक्रम मात्रै आज हुने र नयाँ नेतृत्वको लागि मतदान भोलि हुनेछ ।

संघको निर्वा्चित २४ सदस्यीयको लागि ५३ को उमेदवारी परेकोमा कर्पोरेट दुई र औद्योगिक एक निर्वारोध भएपछि अहिले २१ सदस्यीयको लागि ४९ जना प्रतिश्पर्धी छन् । अध्यक्षमा ६ जना , दुई बरिष्ठ उपाध्यक्ष, बाणिज्य तर्फका तीन उपाध्यक्ष, औद्योगिक तर्फका दुई उपाध्यक्ष, कोषाध्यक्ष तर्फका दुई, महासचिवमा दुई र उपमहासचिवका प्रत्यासी तीन जना चुनावी मैदानमा छन् । त्यस्तै खुल्ला तर्फ १० जना सदस्यको लागि २१ जना र बस्तुगत तर्फ चार जनाको लागि ८ जना प्रतिश्पर्धी छन् ।

संघको संसोधित विधान अनुसार अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उद्योग र बाणिज्य तर्फ गरी दुई उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, उपमहासचिव , खुल्ला तर्फ १० सदस्य, बस्तुगत तर्फ चार , कर्पोरेट दुई र एक औद्योगिक गरी २४ सदस्यीय कार्यसमिति निर्वा्चित हुनेछन् । अध्यक्षले पछि मनोनित गर्ने चार सदस्य र निवर्तमान अध्यक्ष गरी २९ सदस्यीय कार्यसमिति संघमा रहनेछ ।