पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/abe313c4d7bef81b2e5aea672eabed721474133719.jpg" style="float: left;">कमल सुवेदी | असोज १, कास्की | पोखराकै जेठो संस्था पोखरा उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चयनको लागि भएको मतदानमा २५ सय १३ मत खसेको छ । कुल २७ सय २६ मतदाता रहेकोमा २१३ मतदाता अनुपस्थित भएका हुन् । <br></p><p>संघको ३१ औं महाधिवेशन अन्तर्गत शनिवार विहान ८ देखि साझ ५ बजेसम्म भएको मतदानमा खुल्ला सदस्यको लागि २४ सय मत खसेको निर्वाचन समितिले जनाएको छ । मतदानको लागि विहानै देखि मतदाता लाईनमा थिए भने उमेदवार र उनीहरुका प्रतिनिधिहरु मत माग्न ब्यस्त थिए । मतगणना भने भोलि विहान ८ बजेपछि सुरु हुने निर्वाचन संयोजक दिपक श्रेष्ठले जानकारी दिए । </p>

