असोज २, बैतडी । जिल्ला यातायात व्यवस्थापन तदर्थ समितिले जिल्लाका पक्की तथा कच्ची सडकका भाडादर निर्धारण गरेको छ । 

कच्ची सडकमा यातायात सञ्चालन गर्न इच्छुक व्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २, बैतडी । जिल्ला यातायात व्यवस्थापन तदर्थ समितिले जिल्लाका पक्की तथा कच्ची सडकका भाडादर निर्धारण गरेको छ । 

कच्ची सडकमा यातायात सञ्चालन गर्न इच्छुक व्य"/>

2026-11-02 04:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीको यातायात भाडादर निर्धारण, अनिवार्य टिकटको ब्यबस्था

असोज २, बैतडी । जिल्ला यातायात व्यवस्थापन तदर्थ समितिले जिल्लाका पक्की तथा कच्ची सडकका भाडादर निर्धारण गरेको छ । 

कच्ची सडकमा यातायात सञ्चालन गर्न इच्छुक व्यवसायीलाई प्रचलित ऐन कानुनअनुसार अस्थायी अनुमतिपत्र दिने र समितिले तोकेअनुसार भाडा मात्रै लिन पाउने निर्णय गरेको छ । 

जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बैठकले यही असोज ७ गतेभित्र कच्ची सवारी साधन सञ्चालन गर्ने व्यवसायीलाई सबारी अनुमतिपत्र लिन पनि आग्रह गरेको छ । 

बैठकले कच्ची सडकका लागि प्रतिकिलोमिटर रु. ७:५०।– र पक्की सडककका लागि भने प्रतिकिलोमिटर रु तीन भाडा दर निर्धारण गरेको समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी चौधरीले जानकारी दिनुभयो । 

जिल्ला यातायात व्यवस्थापन तदर्थ समितिले गरेको निर्णय तत्काल लागू हुने बताइएको छ । यसका साथै असोज ७ गतेपछि अनिवार्य रुपमा यात्रुलाई यात्रा स्थान तथा टिकट रकम उल्लेख गरिएको टिकट दिनुपर्ने र प्रत्येक सवारी साधनमा भाडादर सूची टाँस्न लगाउने निर्णय समेत भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द