पढ्न करिब 2 मिनेट लाग्छ

जितेन्द्र भण्डारी | असोज ३, पाँचथर | पाँचथरको २ वटा गाविस बाट धसिङग्रेको कच्चा तेल उत्पादन शुरु भएको छ । विभिन्न औषधी जन्य वस्तुको रुपमा प्रयोग गर्न सकिने धसिङग्रे जिल्लाको लुङरुपा र सिदिन बाट एकैसाथ संचालनमा ल्याइएको हो ।

सिदिन ३ स्थित वूढी थाम जडिबुटी तथा तेल उत्पादन केन्द्र र लुङरुपा २ स्थित मकैबारी ठूलीटार सामुदायिक वनले कच्चा तेल उत्पादन गर्न शुरु गरेको सदरमुकाम फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।

कार्यक्रममा वोल्दै सामुदायिक वन उपभोक्ता महासंघ पाँचथर जिल्ला अध्यक्ष देवी न्यौपानेले यो धसिङग्रेको तेल अहिले २ वटा उद्योग दैनिक ५ लिटर सम्म कच्चा तेल उत्पादन हुने र यो प्रति लिटर २ हजार देखि ३ हजार रुपैया सम्म विक्री हुने वताउनुभयो ।

कर्मचारको तलव कटाएर पनि दुवै उद्योग बाट गरेर ५ लाख सम्म सामुदायिक वनले आम्दानी गर्ने अध्यक्ष न्यौपानेले वताउनुभयो । यो अहिले काठमान्डौका विभिन्न कम्पनीमा खपत हुँदै गरेको वूढीथाम जडिबुटी तथा तेल उत्पादन केन्द्रका सचिव कृष्ण कुमार गुरुङले वताउनुभयो ।

वनमा आफैँ उम्रिएको धसिङग्रेको पात उसिनेर यसलाई मेसिनमा लगेर पिसेर तेल निकाल्ने गरिन्छ ।

यो तेल बाहिर मूलुक यूरोप लगायतका देशमा लगेर प्रशोधन गरेर सन्चो,मालिस गर्ने तेल,मुभ बनाउन प्रयोग गरिने वताइएको छ ।