2026-09-19 04:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैंक पुनःस्थापना नहुँदा सर्वसाधारणलाई सास्ती

विनोदसिंह विष्ट, असोज ५, बैतडी । सशस्त्र द्वन्द्वका बेला असुरक्षाले सदरमुकाम सरेका ग्रामीण क्षेत्रका बैंकका शाखा अझै पुनःस्थापना हुन सकेका छैनन् । 

सहरमा टोलैपिच्छे बैंक खुले पनि जिल्लाका व्यापारिक केन्द्रका बासिन्दा बैंकिङ कारोबार गर्न सास्ती भोग्दै आएका छन् । कृषि विकास बैंक र नेपाल बैंकका शाखा पुनःस्थापना नहुँदा सर्वसाधारण हजारौँ रुपैयाँ खर्चेर सदरमुकाम जान बाध्य छन् । सर्वसाधारणसँगै सरकारी, गैरसरकारी लगायतका निकायलाई समस्या हँुदै आएको छ । 

दार्चुला र बैतडीका १२ गाविसको केन्द्र गोकुलेश्वर, १० गाविसको व्यापारिक तथा प्रशासनिक केन्द्र पुरचौंडी हाट र १२ गाविसको मुख्य बजार मेलौलीमा बैंक पुनःस्थापना हुन सकेका छैनन् । विसं २०५८ अघि गोकुलेश्वर र हाटमा कृषि विकास र नेपाल बैंक तथा मेलौलीमा कृषि विकास बैंकका शाखा रहेका थिए । 

पहिलो संविधानसभाको निर्वाचनसँगै ती बैंक पुनःस्थापनाको माग हुँदै आएको छ । राजनीतिक दलले पुनःस्थापनाको नारा दिएर दुई पटक चुनावमा बाचा गरे पनि चासो नदिएको स्थानीयको आरोप छ । “पटक पटक बैंक पुनःस्थापनाको माग जिल्ला र केन्द्रसम्म पु¥याइसक्यौँ,” पुरचौंडी हाटका नवराज गडालले भन्नुभयो– “गाउँ आउने नेताले सधैँ पुनःस्थापनाको आश्वासन दिन्छन्, बैंक आउने सुरसार छैन ।” 

मेलौलीमा जिल्ला आयुर्वेद अस्पताल, इलाका प्रहरी, क्याम्पस, प्राथमिक स्वास्थ्य केन्द्रसहित इलाका स्तरका अन्य कार्यालय रहेका छन् । जिल्लाको दुर्गम क्षेत्र मानिएको पुरचौंडी हाटमा असारदेखि इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । करिब एक दर्जन गाविसमा सेवा दिने उद्देश्यले पुरचौंडी हाटमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले बताउनुभयो । 

इलाका प्रशासनले तत्काल नेपाली नागरिकताको प्रमाणपत्र, प्रतिलिपि, नाबालक परिचयपत्र, विभिन्न सिफारिस, प्रमाणित गर्नुपर्ने कागजातलगायत सेवा दिइरहेको छ । त्यस्तै स्थानीय बजार अनुगमन, कार्यालयको अनुगमनलगायत कामसमेत गरिरहेकोे उहाँको भनाइ छ । यस्तै हाटमा प्रहरी, स्वास्थ्य, कृषि, वनलगायत इलाका कार्यालय रहेका छन् । 

सामान्य बैंकिङ कारोबार गर्न एक दिन खर्चेर सदरमुकाम पुग्ने बाध्यता भएको स्थानीय बासिन्दा बताएका छन् । हाटका स्थानीय बासिन्दा विकल्पमा पाटन बजार जाने गरेका छन् । पाटन बजारमा कृषि विकास बैंक र ग्लोबल आइएमइ बैंक छ । “एकै दिनमा आउजाउ गर्न सकिने अवस्था हुँदैन,” मेलौलीका सुरत पार्कीले भन्नुभयो, “बचत र झिक्ने रकमभन्दा खर्च बढी हुने गर्छ ।” 

जिल्लाको पाटन नगरपालिकाले सामाजिक सुरक्षाभत्तालाई बैंकबाट वितरण गर्ने भएको छ । सरकारको निर्णयअनुसार बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको नगरपालिकाका कार्यकारी अधिकृत दशरथराम ओडले जानकारी दिनुभयो । बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भए पनि ग्रामीण क्षेत्रका बासिन्दालाई भने सास्ती हुने देखिएको छ । 

दार्चुला र बैतडीको सीमा बजार गोकुलेश्वरमा पनि बैंक पुनःस्थापना भएका छैनन्् । गत वर्ष जनता बैंकको शाखा उद्घाटन गर्न आएका राष्ट्र बैंकका तत्कालीन गभर्नर युवराज खतिवडाले छ महिनाभित्र नेपाल बैंक पुनःस्थापना हुने आश्वासन दिएका थिए । तर अझैसम्म पुनःस्थापनाको सङ्केत नदेखिएको स्थानीय राजेन्द्र भण्डारी बताउनुहुन्छ । 

स्थानीयले मौखिक रुपमा माग गर्दै आए पनि लिखित माग पेस गरे पुनःस्थापनाको सम्भाव्यता अध्ययन गर्न सकिने कृषि विकास बैंकका प्रबन्धक देवदत्त ओझाले बताउनुभयो । “गोकुलेश्वर, हाट र मेलौलीमा शाखा राख्न सकिने बजार छ,” उहाँले भन्नुभयो, “स्थानीयलाई निवदेन पेस गर्न सुझाएका छौँ, अहिलेसम्म कसैले दिएका छैनन् ।” 

द्वन्द्वका बेला असुरक्षाले सदरमुकाम सरेका बैंक तथा सरकारी कार्यालय पुनःस्थापना हुनसके ग्रामीण क्षेत्रका बासिन्दालाई राहत मिल्ने समाजसेवी चतुरबहादुर चन्द बताउनुहुन्छ । “द्वन्द्वका समयमा सदरमुकाम सरेका सरकारी कार्यालय अझैसम्म पुनःस्थापना हुन नसक्नु दुःखद कुरा हो,” चन्दले भन्नुभयो– “चाँडोभन्दा चाँडो सरकारले मागको सुनवाइ गर्नुपर्छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई