2026-11-02 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैंक पुनःस्थापना नहुँदा सर्वसाधारणलाई सास्ती

विनोदसिंह विष्ट, असोज ५, बैतडी । सशस्त्र द्वन्द्वका बेला असुरक्षाले सदरमुकाम सरेका ग्रामीण क्षेत्रका बैंकका शाखा अझै पुनःस्थापना हुन सकेका छैनन् । 

सहरमा टोलैपिच्छे बैंक खुले पनि जिल्लाका व्यापारिक केन्द्रका बासिन्दा बैंकिङ कारोबार गर्न सास्ती भोग्दै आएका छन् । कृषि विकास बैंक र नेपाल बैंकका शाखा पुनःस्थापना नहुँदा सर्वसाधारण हजारौँ रुपैयाँ खर्चेर सदरमुकाम जान बाध्य छन् । सर्वसाधारणसँगै सरकारी, गैरसरकारी लगायतका निकायलाई समस्या हँुदै आएको छ । 

दार्चुला र बैतडीका १२ गाविसको केन्द्र गोकुलेश्वर, १० गाविसको व्यापारिक तथा प्रशासनिक केन्द्र पुरचौंडी हाट र १२ गाविसको मुख्य बजार मेलौलीमा बैंक पुनःस्थापना हुन सकेका छैनन् । विसं २०५८ अघि गोकुलेश्वर र हाटमा कृषि विकास र नेपाल बैंक तथा मेलौलीमा कृषि विकास बैंकका शाखा रहेका थिए । 

पहिलो संविधानसभाको निर्वाचनसँगै ती बैंक पुनःस्थापनाको माग हुँदै आएको छ । राजनीतिक दलले पुनःस्थापनाको नारा दिएर दुई पटक चुनावमा बाचा गरे पनि चासो नदिएको स्थानीयको आरोप छ । “पटक पटक बैंक पुनःस्थापनाको माग जिल्ला र केन्द्रसम्म पु¥याइसक्यौँ,” पुरचौंडी हाटका नवराज गडालले भन्नुभयो– “गाउँ आउने नेताले सधैँ पुनःस्थापनाको आश्वासन दिन्छन्, बैंक आउने सुरसार छैन ।” 

मेलौलीमा जिल्ला आयुर्वेद अस्पताल, इलाका प्रहरी, क्याम्पस, प्राथमिक स्वास्थ्य केन्द्रसहित इलाका स्तरका अन्य कार्यालय रहेका छन् । जिल्लाको दुर्गम क्षेत्र मानिएको पुरचौंडी हाटमा असारदेखि इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । करिब एक दर्जन गाविसमा सेवा दिने उद्देश्यले पुरचौंडी हाटमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले बताउनुभयो । 

इलाका प्रशासनले तत्काल नेपाली नागरिकताको प्रमाणपत्र, प्रतिलिपि, नाबालक परिचयपत्र, विभिन्न सिफारिस, प्रमाणित गर्नुपर्ने कागजातलगायत सेवा दिइरहेको छ । त्यस्तै स्थानीय बजार अनुगमन, कार्यालयको अनुगमनलगायत कामसमेत गरिरहेकोे उहाँको भनाइ छ । यस्तै हाटमा प्रहरी, स्वास्थ्य, कृषि, वनलगायत इलाका कार्यालय रहेका छन् । 

सामान्य बैंकिङ कारोबार गर्न एक दिन खर्चेर सदरमुकाम पुग्ने बाध्यता भएको स्थानीय बासिन्दा बताएका छन् । हाटका स्थानीय बासिन्दा विकल्पमा पाटन बजार जाने गरेका छन् । पाटन बजारमा कृषि विकास बैंक र ग्लोबल आइएमइ बैंक छ । “एकै दिनमा आउजाउ गर्न सकिने अवस्था हुँदैन,” मेलौलीका सुरत पार्कीले भन्नुभयो, “बचत र झिक्ने रकमभन्दा खर्च बढी हुने गर्छ ।” 

जिल्लाको पाटन नगरपालिकाले सामाजिक सुरक्षाभत्तालाई बैंकबाट वितरण गर्ने भएको छ । सरकारको निर्णयअनुसार बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको नगरपालिकाका कार्यकारी अधिकृत दशरथराम ओडले जानकारी दिनुभयो । बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भए पनि ग्रामीण क्षेत्रका बासिन्दालाई भने सास्ती हुने देखिएको छ । 

दार्चुला र बैतडीको सीमा बजार गोकुलेश्वरमा पनि बैंक पुनःस्थापना भएका छैनन्् । गत वर्ष जनता बैंकको शाखा उद्घाटन गर्न आएका राष्ट्र बैंकका तत्कालीन गभर्नर युवराज खतिवडाले छ महिनाभित्र नेपाल बैंक पुनःस्थापना हुने आश्वासन दिएका थिए । तर अझैसम्म पुनःस्थापनाको सङ्केत नदेखिएको स्थानीय राजेन्द्र भण्डारी बताउनुहुन्छ । 

स्थानीयले मौखिक रुपमा माग गर्दै आए पनि लिखित माग पेस गरे पुनःस्थापनाको सम्भाव्यता अध्ययन गर्न सकिने कृषि विकास बैंकका प्रबन्धक देवदत्त ओझाले बताउनुभयो । “गोकुलेश्वर, हाट र मेलौलीमा शाखा राख्न सकिने बजार छ,” उहाँले भन्नुभयो, “स्थानीयलाई निवदेन पेस गर्न सुझाएका छौँ, अहिलेसम्म कसैले दिएका छैनन् ।” 

द्वन्द्वका बेला असुरक्षाले सदरमुकाम सरेका बैंक तथा सरकारी कार्यालय पुनःस्थापना हुनसके ग्रामीण क्षेत्रका बासिन्दालाई राहत मिल्ने समाजसेवी चतुरबहादुर चन्द बताउनुहुन्छ । “द्वन्द्वका समयमा सदरमुकाम सरेका सरकारी कार्यालय अझैसम्म पुनःस्थापना हुन नसक्नु दुःखद कुरा हो,” चन्दले भन्नुभयो– “चाँडोभन्दा चाँडो सरकारले मागको सुनवाइ गर्नुपर्छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द