Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 16, 2023 शिक्षा

दुई संस्थालाई फ्लाइङ स्कुल स्थापनाको अनुमति, अब नेपालमै पाइलट उत्पादन हुने !

By साझासवाल

<p>वैशाख ३, काठमाडौँ । नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई फ्लाइङ स्कुलले अनुमति पाएका छन् ।<br></p><p>संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका अनुसार शुभम् एभिएसन प्रालि र चन्द्र सूर्य एभिएसन प्रालिले फ्लाइङ स्कुल स्थापनाको अनुमति पाएका हुन् ।&nbsp;&nbsp;</p><p>कार्यविधिमा आवश्यक संशोधन गर्दै दुई फ्लाइङ स्कुललाई अनुमति प्रदान गरिएको हो । प्रक्रिया पूरा गरी आउने अन्य संस्थालाई पनि इजाजत प्रदान गरिने पर्यटनमन्त्रीेले उल्लेख गर्नुभएको छ । नेपालमा पाइलट उत्पादन गर्ने संस्था नहुँदा नेपालीले अहिले फिलिपिन्स, अमेरिकासहितका मुलुकमा गएर पाइलट कोर्ष पूरा गर्ने गर्छन् ।</p>