Skip to content
Friday, July 17, 2026 Nepali Online Media
April 26, 2023 शिक्षा

कक्षा ८ को ग्रेड वृद्धिका लागि परीक्षा सञ्चालन

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

बैशाख १३, काठमाडौँ | मलङ्गवा नगरपालिकाले पहिलो पटक कक्षा ८ को ग्रेड वृद्धिका लागि परीक्षा सञ्चालन गरेको छ । उक्त कक्षामा दुई विषयमा अनुत्तीर्ण विद्यार्थीलाई नगरपालिकाले ग्रेड बृद्धिको परीक्षा यही वैशाख ११ र १२ गते सञ्चालन गरेको र परीक्षामा अङ्ग्रेजी, नेपाली, गणित, सामाजिकसहित मुख्य पाँच विषय समावेश गरिएको थियो ।

परीक्षमा पाँच सामुदायिक र तीन निजी विद्यालयका तीन सय २९ विद्यार्थी सहभागी थिए । उक्त परीक्षाको नतिजा वैशाख १७ गतेसम्म प्रकाशन गरिने तयारी गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिनुभयो । सिकाइमा गुणस्तर कायम गर्न कक्षा ८ कोग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिएको र यसमा पनि  अनुत्तीर्ण होइएला कि भन्ने डरले विद्यार्थीमा पढ्ने बानी बस्ने उहाँको भनाइ थियो ।

केन्द्रले कक्षा १० को पुरक परीक्षा लिएझैँ त्यसअनुरुप स्थानीय तहले पनि दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीलाई ग्रेड वृद्धिका लागि परीक्षा सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताउनुभयो ।

यस किसिमको परीक्षाबाट विद्यालयमा शिक्षाको अभिवृद्धि एवम् गुणस्तर प्रवद्र्धन गर्न सहयोग पुग्ने जनाइएको छ  ।  ग्रेड वृद्धिको परीक्षा पनि उत्तीर्ण गर्न नसक्ने विद्यार्थीले फेरि त्यही कक्षा दोह¥याउनु पर्ने भएको छ । शिक्षामा गुणस्तर सुधार्न ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिएको नगरप्रमुख नागेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । आउने दिनमा कक्षा ५ का लागि  पनि परीक्षा सञ्चानल गरिने उहाँले बताउनुभयो ।

विद्यालयका शिक्षकलाई जिम्मेवार बनाइने र विषयगत दरबन्दी मिलान पनि चाँडै गरिने पनि नगरप्रमुख यादवले बताउनुभयो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ९२० को खण्ड ९ज० को उपखण्ड ९१४० बमोजिम कक्षा ८ को परीक्षा अनिर्वायरूपमा स्थानीय तहले लिनुपर्ने व्यवस्था छ ।