Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 4, 2023 शिक्षा

गर्मी बढेपछि एकसाता विद्यालय बन्द

By साझासवाल 1 मिनेट पढाइ

<p>जेठ २१, सिन्धुली । केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ ।&nbsp; गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा&nbsp; गर्मी बिदा दिएको हो ।<br></p><p>नगरप्रमुख दिनश अधिकारीले&nbsp; गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिनुभयो । हाल सञ्चालन भइरहेको कक्षा ११ को परीक्षा भने यथावत रहने उहाँले बताउनुभयो ।&nbsp;</p>