२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

विद्यालयमा नियमित कक्षा सञ्चालनमा बाधा पुर्‍याए कारबाही गर्ने मेयर शाहको चेतावनी

२०८०, २ असार शनिबार ०९:२५

असार २, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयमा नियमित कक्षा सञ्चालनमा बाधा पुर्‍याए कारबाही गर्ने चेतावनी दिएका छन्। 

शनिबार सामाजिक सञ्जालमार्फत उनले विद्यालयमा कुनै पनि खालको बन्द गर्ने काम स्वीकार्य नभएको भन्दै विद्यालय बन्द गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।

आइतबार देशभरका सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने भन्ने समाचारको ध्यानाकर्षण भएको बताए छन् । उनले विद्यालय शान्ति क्षेत्र भएको र त्यहाँ कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि बन्द, हडताल र  र पठनपाठनमा अवरोध गर्न नपाइने कानुनी व्यवस्था रहेको उल्लेख गरेका छन्।  

उनले महानगरका सम्पूर्ण सामुदायिक विद्यालय, त्यहाँ कार्यरत कर्मचारी एवं विद्यालय व्यवस्थापन समितिलाई विद्यालय सञ्चालनको लागि निर्देशन दिएका छन्। 

काठमाडौँ महानगरपालिकाका विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्‍याउने कुनै संस्था वा कर्मचारीहरू निम्न अनुसार कारवाही हुने बताएका छन् :

 १) शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१(क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने छ। 

२) विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्‍याउने काम भएमा महानगरपालिका शिक्षा ऐनको दफा २८ बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन गर्ने उल्लेख गरेका छन्। 

३) कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिनेछ र काठमाडौँ महानगरपालिका शिक्षा ऐन एवं प्रचलित अन्य कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस