2026-11-02 01:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

मेयर बालेनले भने :सामुदायिक विद्यालयका विद्यार्थीहरुमा प्राविधिक विषयमा गहिरो रुचि देखियो

साउन २७, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामुदायिक विद्यालयका विद्यार्थीहरुमा प्राविधिक विषयमा गहिरो रुचि देखिएको बताएका छन् । शनिबार बुक फ्रि फ्राइडे कार्यक्रमका गतिविधिबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मेयर शाहले सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीहरुमा प्राविधिक विषयको सिकाइप्रति उत्साह देखिएको बताएका हुन् ।

महानगरपालिकाले शुक्रबार बुक फ्रि फ्राइडे कार्यक्रम अन्तर्गत काठमाडौँका भानु माध्यामिका विद्यालय र पद्मोदय माध्यामिक विद्यालयमा प्रावधिक विषयको सिकाइबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको थियो । शाहले  बुक फ्रि फ्राइडेका कार्यक्रम अन्तर्गत शिक्षामा सिप कार्यक्रमको अर्को सत्र सञ्चालनको तयारी गरिएको समेत जानकारी दिएका छन् । 

 मेयर बालेनले भने ‘सामुदायिक विद्यालयका विद्यार्थीहरुमा प्राविधिक विषयमा गहिरो रुचि देखिएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रदान गरिएको रोबोटिक्स, कृतिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स), ड्रोन टेक्नोलोजी र कोडिङ् विषयमा दिइएको अभिमुखीकरणमा विद्यालय, शिक्षक र विद्यार्थीहरुमा विषय सिकाइप्रति उत्साह देखिएको हो ।’

यस्तो छ शाहको स्टाटस् : 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द