Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 15, 2023 शिक्षा

२३ सय २२ परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ लिस्टमा

By साझासवाल

साउन ३०, काठमाडौँ | काठमाडौं महानगरले कक्षा ११ मा अध्ययनका लागि छात्रवृत्ति पाउने दुई हजार तीन सय २२ जना परीक्षार्थीको नाम म्याचिङ लिस्ट, भर्नाको पहिलो सूची सार्वजनिक गरेको छ । सोमबार महानगरपालिकाको शिक्षा विभागले वेबसाइटमा सूची सार्वजनिक गरेको हो ।

म्याचिङ लिस्टमा विज्ञान विषयका लागि एक हजार चार सय ५२ जना, व्यवस्थापन विषयका लागि सात सय ४५ जना, कानुनका लागि ४३ जना, मानविकीका लागि चारजना, शिक्षाका लागि पाँचजना, सिभिल इन्जिनियरिङका लागि ४९ जना, कम्प्युटरका लागि १८ जना, इलेक्ट्रिकलका लागि ११ जनाको नाम समावेश छ ।

यीमध्ये प्राविधिक धार (सिभिल इन्जिनियरिङ, कम्प्युटर, इलेक्ट्रिकल)का विषय अध्ययन गर्ने विद्यार्थीलाई सामुदायिक विद्यालयमा भर्ना गराइनेछ । कम्प्युटर विषयमा १८ जना (शिवपुरी मावि, महाराजगन्ज आठजना र सरस्वती निकेतन मावि, ब्रह्मटोल, कम्प्युटरमा १० जना), सिभिल इन्जिनियरिङमा ४९ जना (ज्ञानोदय सेकेन्डरी स्कुल, बाफल १२ जना, पद्मकन्या मावि, डिल्लीबजार २० जना र महेन्द्र राष्ट्रिय मावि, बालुवाटार १७ जना) र इलेक्ट्रिकलमा ११ (विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वर) जनाले भर्ना पाउनेछन् ।

२७ साउनसम्म प्राथमिकता निर्धारण गर्न विद्यार्थीलाई दिइएको समय र त्यस अवधिमा विद्यार्थीले अनलाइनमार्फत छानेका विषय तथा शिक्षण संस्थाका आधारमा भर्ना हुनका लागि शिक्षण संस्थाहरू पनि सिफारिस गरिएका छन् ।