२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ मा गते हुने, (सूचनासहित)

२०८०, ३१ श्रावण बुधबार ०३:३७

साउन ३१, काठमाडौँ | कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते हुने भएको छ। यसका लागि विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन फाराम भरिसक्न राष्ट्रिय परीक्षा बोर्डले आग्रह गरेको छ।

बोर्डले जारी गरेको सूचनाअनुसार असोज ६ गते अनिवार्य अंग्रेजी र जुनसुकै एउटा विषयको परीक्षा दिने सबै परीक्षार्थीले परीक्षा दिन पाउनेछन्। दोस्रो दिन असोज ७ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीले बाँकी विषयको परीक्षा दिन पाउनेछन्। 

ग्रेडवृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले भदौ २२ भित्र बोर्डको खातामा ६ सय रुपैयाँ परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ। सो अवधिभित्र रकम बुझाउन छुटेकाले भदौ ३१ गते भित्र दोब्बर दस्तुर १२ सय रुपैयाँ जम्मा गरेको भौचरसहित आवेदन फाराम बुझाइसक्नुपर्नेछ।

बोर्डका अनुसार परीक्षा केन्द्र पछि तोकिनेछ भने परीक्षा तोकिएको मितिमा आकस्मिक बिदा पर्न गएमा पनि परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा रोकिने छैन। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा