२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

शिक्षकको नयाँ योग्यता : शिक्षक हुन स्नातक पास हुनैपर्ने, माध्यमिकका लागि स्नातकोत्तर अनिवार्य

२०८०, २७ भाद्र बुधबार १०:२९

भदौ २७, काठमाडौँ |  सरकारले प्रस्ताव गरेको नयाँ कानूनमा शिक्षकको नयाँ योग्यता निर्धारण गरिएको छ ।

कक्षा १ देखि ५ सम्म जुनसुकै विषयमा पढाउनका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ ।

विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको हो । त्यसै गरी कक्षा ६ देखि ८ सम्मको लागि सम्बन्धित विषयमा स्नातक तह र माध्यमिक तहको हकमा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने प्रस्ताव गरिएको छ ।

शिक्षक पदमा नियुक्तिका लागि नेपाली नागरिक हुनु पर्ने, अध्यापन अनुमति पत्र प्राप्त गरेको हुनुपर्ने, २१ वर्ष उमेर पूरा भई ३५ वर्ष पूरा नभएको व्यक्ति हुनु पर्ने उल्लेख गरिएको छ । महिलाको हकमा अधिकतम उमेर ४० वर्ष निर्धारण गरिएको छ ।

अपाङ्ग मात्र प्रतिस्पर्धा गर्नेको हकमा ४० तथा माध्यमिक द्वितीय श्रेणीको हकमा खुलातर्फ ४५ वर्षसम्मको व्यक्ति उम्मेदवार हुन सक्ने योग्यता निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी