आन्दोलनका नाममा विद्यालय बन्द गरे कारवाही गर्ने काठमाडौँ महानगरको निर्णय

साझासवाल
1 Min Read

असोज ३, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारवाही गर्ने निर्णय गरेको छ ।

प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सरकारी शिक्षकहरुले विद्यालय बन्द घोषणा गरेका छन् । तर, महानगरपालिकाले विद्यालय बन्द भए अस्वीकार्य हुने निर्णय गरेको छ ।

महानगरपालिकाका प्रवक्ता नवीन महर्जन विद्यालय शिक्षा ऐनमा काठमाडौं महानगरको पनि असहमति रहेको बताउँछन् । ‘तर, विद्यालय बन्द गरेर असहमति प्रकट गर्ने विषय स्वीकार्य हुँदैन, ऐनमा रहेका फरक मत हामी पनि राख्छौं,’ उनले भने, ‘तर, विद्यालय बन्द गरेर निकास निस्किँदैन, बालबालिकाको पढाइ मात्रै प्रभावित हुन्छ ।’

विद्यालय बन्द भए प्रधानाध्यापक र विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारवाही गर्ने महानगरको निर्णय छ । शिक्षकले तोकिएको आचारण विपरीत काम गरे त्यसलाई निरुत्साहित हुने गरी कारवाही गरिने उनले बताए ।

‘हामी भोलि विद्यालय अनुगमन गर्छौं,’ प्रवक्ता मानन्धरले भने, ‘विद्यालय बन्द गरेर पढाइ नहुने अवस्था बनाएमा दोषीेहरुमाथि कारवाही हुन्छ ।’

Share This Article
Leave a Comment

Leave a Reply