Skip to content
Friday, July 17, 2026 Nepali Online Media
October 31, 2023 शिक्षा

माध्यमिक तहको शिक्षकको नतिजा सार्वजनिक, ७१८ जना स्थायी नियुक्तिका लागि सिफारिस

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कार्तिक १४, काठमाडौँ |  शिक्षक सेवा आयोगले माध्यामिक तहमा ७१८ शिक्षक सिफारिस गरेको छ ।

आयोगले माध्यमिक तृतीय श्रेणी पदको खुला प्रतियोगितात्मक परीक्षाको लिखित परीक्षा र अन्तर्वार्ताबाट छनौट भएका शिक्षकलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

आयोगले अन्तर्वार्ता परीक्षा उतीर्ण गरेका उम्मेदवारहरुको नाम स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेर पठाएको जनाएको छ ।

आयोगले मावि तहको शिक्षक पदको लागि २५ पुस २०७९ सालमा विज्ञापन खुलाएको थियो । विज्ञापन अनुसार १८ चैत २०७९ सालमा सामान्य परीक्षा र ९ असार २०८० मा विषयगत परीक्षामा सफल उम्मेदवारको गत असोजमा अन्र्तवार्ता सञ्चालन गरेको थियो ।