२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

तलबको माग गर्दै तेस्रो दिन पनि शिक्षकहरूको धर्ना जारी

२०८०, २ चैत्र शुक्रबार ०८:०९

चैत २, रौतहट | नगदमा सम्झौता गर्ने उधारोमा होइन भन्दै रौतहटको फतुवा बिजयपुर नगरपालिकामा  तलबको माग गर्दै  आन्दोलनरत शिक्षकहरू आज तेस्रो दिन पनि धर्ना जारी राखेका छन्। शुक्रबार कार्यालय समय सुरु हुनासाथ बिहान १० बजेदेखि दुई दर्जन बढीको संख्यामा शिक्षक र शिक्षिका नगरपालिका अगाडी धर्नामा बसेका हुन्। खातामा तलब नगएसम्म अडान सहीत धर्ना बसेका ४ माबिका प्रधानाध्यापक सहीत १६ विद्यालयका प्रधानाध्यापकहरुले बार्षिक परीक्षा बहिष्कार गरेका थिए।


बहिष्कारको कारण केही विद्यालयमा परीक्षा सञ्चालन भएको छ भने केही विद्यालयमा स्थगित भएको छ। नगरक्षेत्रअन्तर्गत ३२ विद्यालयमा अध्ययनरत कक्षा १ देखि ९ सम्मका झण्डै ६ हजार बालबालिका मध्ये १६ विद्यालयका ३ हजार विधार्थी बार्षिक परीक्षामा सहभागी भएका छन भने त्यतिकै संख्यामा विद्यार्थीहरू परीक्षा दिनबाट वञ्चित भएका हुन्।

फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गत प्रस्तावित सहित ७ माबि ४ निमाबी र २१ प्राथमिक विद्यालयमा कार्यरत २०४ शिक्षक कर्मचारी तथा अन्य क्षेत्रमा कार्यरत गरी ३५० कर्मचारी गत साउन देखि हालसम्म तलब पाएका छैनन्।

होली पर्व आउन मात्र १० दिन बाँकी छँदा तलब पाउने सम्भावना कम देखिएको भन्दै नगरका शिक्षकहरू गत बुधवार बिहान १० बजेदेखि नगरपालिका अगाडी धर्ना बस्दै आएका छन् ।  जबसम्म शिक्षक कर्मचारीको खातामा तलब जाँदैन बार्षिक परीक्षा सञ्चालन नगर्ने शिक्षकहरु बीच सहमतिअनुसार धर्ना जारी रहेको माबी बिजयपुरका प्रधानाध्यापक शंकर राय यादवले बताएका छन्।

कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले सम्पूर्ण शिक्षक कर्मचारीको तलब आगामी ४ गते आइतबार खातामा जाने निश्चित भएकाले विद्यार्थीको भविष्यको लागि परीक्षा सञ्चालन गर्न शिक्षकहरू लाई आग्रह गर्दै आएका छन्।

नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित गोपाल राय यादव नदी टेन्डरको मुद्दामा दोषी ठहर भएर बिशेष अदालतबाट दण्ड सजायको निर्णयसँगै उनको पद रिक्त भएपछि सोही पार्टीबाट निर्वाचित उपमेयर खातुन कार्यवाहक बनेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ