2026-11-02 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

स्थानीय तहको लापरबाही : कक्षा ६ र ७ को सामाजिकको प्रश्नपत्रको रंग फरक, प्रश्नहरु एउटै !

चैत ८,  नुवाकोट | नुवाकोटको तारकेश्वर गाउँपालिकाले गाउँपालिका स्तरीय वार्षिक परीक्षाको प्रश्नपत्रमा गम्भीर लापरबाही गरेको खुलेको छ । गाउँपालिकाले कक्षा ६ र ७ को ‘सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा’ विषयको प्रश्नपत्र एउटै बनाएको पाइएको हो । 

मंगलबार प्रश्नपत्रमा भएको यो हदको त्रुटि विद्यार्थीलाई वितरण गर्ने बेलामा विद्यालयहरूले थाहा पाएका थिए । वार्षिक परीक्षा समितिका संयोजक राजाराम अधिकारीको नेतृत्वमा बनाइएको प्रश्न कक्षा ६ को पाठ्यक्रमअनुसार मिल्दो भए पनि कक्षा ७ को पाठ्यक्रमअनुसार भने मिल्दो थिएन । परीक्षा समितिले यो हदको  लापरबाही गरेको भन्दै आलोचना भएको छ । 

यस विषयमा शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिकाका अध्यक्ष अधिकारीले भने यसबारे प्रतिक्रिया दिन चाहेनन् । तर, गाउँपालिकाको प्रश्नपत्र भने यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । सार्वजनिक प्रश्नपत्रमा कक्षा ६ को प्रश्नपत्र रातो र ७ को सेतो रंगको हुनुबाहेक अरु केही फरक छैन । 

गाउँपालिकाका उपाध्यक्ष हरि रिमालले प्रश्नपत्र बनाउने क्रममा लापरबाही हुँदा यस्तो भएको बताए । उनले भने, ‘यो लापरबाही हो । यसबारे बैठकमा छलफलको विषय हुन्छ ।’ शिक्षा समितिले प्रश्नपत्र ठिक भए नभएको रुजु गरेरमात्रै छपाइ गर्नुपर्ने भए पनि त्यसो नगरिकै कारण यस्तो त्रुटि भएको हुनसक्ने उनको भनाइ छ । प्रश्नपत्र गल्ती भएको पाइएसँगै सो दिन गाउँपालिकाका विद्यालयहरूले अर्को विकल्प तयार गरेर ढिलागरी कक्षा ७ को परीक्षा सञ्चालन गरेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द