पढ्न करिब 2 मिनेट लाग्छ

चैत ८, नुवाकोट | नुवाकोटको तारकेश्वर गाउँपालिकाले गाउँपालिका स्तरीय वार्षिक परीक्षाको प्रश्नपत्रमा गम्भीर लापरबाही गरेको खुलेको छ । गाउँपालिकाले कक्षा ६ र ७ को ‘सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा’ विषयको प्रश्नपत्र एउटै बनाएको पाइएको हो ।

मंगलबार प्रश्नपत्रमा भएको यो हदको त्रुटि विद्यार्थीलाई वितरण गर्ने बेलामा विद्यालयहरूले थाहा पाएका थिए । वार्षिक परीक्षा समितिका संयोजक राजाराम अधिकारीको नेतृत्वमा बनाइएको प्रश्न कक्षा ६ को पाठ्यक्रमअनुसार मिल्दो भए पनि कक्षा ७ को पाठ्यक्रमअनुसार भने मिल्दो थिएन । परीक्षा समितिले यो हदको लापरबाही गरेको भन्दै आलोचना भएको छ ।

यस विषयमा शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिकाका अध्यक्ष अधिकारीले भने यसबारे प्रतिक्रिया दिन चाहेनन् । तर, गाउँपालिकाको प्रश्नपत्र भने यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । सार्वजनिक प्रश्नपत्रमा कक्षा ६ को प्रश्नपत्र रातो र ७ को सेतो रंगको हुनुबाहेक अरु केही फरक छैन ।

गाउँपालिकाका उपाध्यक्ष हरि रिमालले प्रश्नपत्र बनाउने क्रममा लापरबाही हुँदा यस्तो भएको बताए । उनले भने, ‘यो लापरबाही हो । यसबारे बैठकमा छलफलको विषय हुन्छ ।’ शिक्षा समितिले प्रश्नपत्र ठिक भए नभएको रुजु गरेरमात्रै छपाइ गर्नुपर्ने भए पनि त्यसो नगरिकै कारण यस्तो त्रुटि भएको हुनसक्ने उनको भनाइ छ । प्रश्नपत्र गल्ती भएको पाइएसँगै सो दिन गाउँपालिकाका विद्यालयहरूले अर्को विकल्प तयार गरेर ढिलागरी कक्षा ७ को परीक्षा सञ्चालन गरेको बताइएको छ ।