पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>चैत्र २०, रौतहट ।</b> जिल्ला प्रशासन कार्यालय रौतहटले एसईई परीक्षामा विद्यार्थीलाई चिट चोराउने एक शिक्षक गार्डलाई पक्राउ गरेको छ ।<br></p><p>रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ३ गम्हरिया घर भएका र सोही स्थानमा रहेको श्री प्राथमिक विधालय गम्हरियामा कार्यरत शिक्षक राम अमोद प्रसाद यादवलाई मोबाइलमार्फत विद्यार्थीलाई चिट चोराउन सहयोग गरेकोमा पक्राउ गरेको हो ।</p><p>शिक्षक यादवलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । अहिले सबै भन्दा बढ़ी मधेशका जिल्लाका एसईई परीक्षामा चिट चोराउने देखि प्रश्न पत्र बाहिरिने गरेका घटनाहरु सार्वजनिक हुँदै आएको छ । </p>

