Skip to content
Friday, July 17, 2026 Nepali Online Media
April 8, 2024 शिक्षा

मैवाखोलामा कक्षा आठ बाट सहभागी १७८ विद्यार्थीमध्ये पाँचजना मात्रै उत्तीर्ण

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २६, काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा पाँचजना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन्।

परीक्षामा सहभागी एक सय ७८ जनामध्ये पाँचजना मात्रै विद्यार्थी उत्तीर्ण भएका हुन्।

गाउँपालिकामा ८ वटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ का ती विद्यार्थी परीक्षामा सामेल थिए।

जसमध्ये चारवटा विद्यालयका विद्यार्थी निल भएको मैवाखोला गाउँपालिकाका शिक्षा शाखाले जनाएको छ।

शाखाका अनुसार ग्रेड वृद्धिका लागि परीक्षासमेत दिन नपाउने दुईवटा सामुदायिक विद्यालय रहेका छन्।

दुईवटा विषयमा अनुत्तीर्ण हुने २५ जना विद्यार्थीले मात्र ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने भएका हुन्। आउँदो वैशाख १० गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले परीक्षा सञ्चालन गर्न विषय विज्ञको व्यवस्था गरी प्रश्नपत्र बनाएर परीक्षा सञ्चालन गरेको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए।

उत्तरपुस्तिकासमेत गाउँपालिका बाहिरका विषय विज्ञ शिक्षकबाट मूल्याङ्कन गरी परीक्षाफल सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ।

'शिक्षा जस्तो संवेदनशील क्षेत्र तथा राज्यको ठूलो लगानी भएका क्षेत्रमा निराशाजनक परीक्षाफलले सिङ्गो सामुदायिक विद्यालयको अवस्था छर्लङ्ग पारेको छ, अध्यक्ष वनेमले भने, 'विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण शिक्षाप्रेमी र नागरिक समाजले गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ।'