2026-09-18 08:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

वाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गर्न सकेमा जो पनि अन्वेषक हुनसक्ने

जेठ १२, ललितपुर | चीन अन्वेषन तथा अनुसन्धान केन्द्रका प्रमुख तथा हङकङ विश्वविद्यालयका प्रमुख अन्वेषक डा. वाङ हाउ म्यानले वाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गर्न सकेमा जो पनि अन्वेषक हुनसक्ने बताएका छन् ।  स्वतन्त्र अन्वेषणबाट प्राप्त ज्ञानमा सबैको समान तथा निःशुल्क पहुँच हुनुपर्नेमा जोड दिँदै डा. माङले भूराजनीति र विकसित भनिएका देशहरूको संकिर्ण व्यापारिक सोचले त्यस प्रकारका अन्वेषण तथा शोधकार्यबाट प्राप्त ज्ञानमा सिमित व्यक्तिहरूको मात्र पहुँच भएको विचार व्यक्त गरे । 

नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी तथा शिक्षकहरूसँग ललितपुरमा गरेको अन्तरक्रियामा उनले “अन्वेषण पछाडिको विज्ञान“ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । ललितपुरको प्रयागपोखरीस्थित कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा भएको कार्यक्रममा डा. वाङ होउ म्यानले अनुसन्धानको महत्वबारे चर्चा गरे । 

एलो रिभर, याङ्ट्से रिभर र मेकङ रिभरसहित एसियाका ६ वटा प्रमुख नदीहरूको पाँच हजार मिटर भन्दा माथि उचाईमा रहेका मुहानहरू पट्टा लगाई विश्वविख्यात भएका डा. वाङ होउ म्यानले विगतमा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय तथा नासाका अब्बल वैज्ञानिकहरूसँग सहकार्य गरी सेटेलाइट प्रविधिको माध्यमबाट तिव्वतबाट प्रारम्भ भएको एलो रिभरको मुहान पट्टा लगाएका थिए । पछि भूधरातलीय अन्वेषणको लागि अन्य अन्वेषकहरू सहित ती क्षेत्रहरूको भ्रमण गरी गरी उक्त नदीको मूल निक्र्यौल गरेका थिए । अनुसन्धान तथा अन्वेषणको क्रममा उनले विभिन्न देशका आदिवासीहरूको प्रविधिहरू विश्वसामु उजागर गरी ती प्रविधिहरूको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसैगरी विश्वका केही लोपोन्मुख जीवहरूको कृतिम गर्भाधानको माध्यमबाट उत्थानमा पनि उनको योगदान उल्लेखनीय छ ।

आफ्नो अन्वेषणको आधारमा तीस वटा पुस्तकहरू लेखिसकेका डा म्यानको कामको विश्वव्यापी महत्वको आधारमा अमेरीकाको सिएनएन न्यूज च्यालनले विभिन्न समयमा १३ पटक अन्तर्वार्ता लिई प्रसारण समेत गरिसकेको छ भने विश्व प्रसिद्ध पत्रिका वालस्ट्रिट जर्नलले पनि उनको कामको विवरण मुखपृष्ठमा छापेको थियो । विभिन्न अन्तरर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका डा. वाङ होउ म्यान विश्वविख्यात व्यक्तित्व हुन् ।  

कार्यक्रममा उपस्थित तीस जना विद्यार्थीहरूलाई लक्षित गर्दै डा. वाङ होउ म्यानले अन्वेषण गरी नयाँ कुराहरू पट्टा लगाउँदाको सुखद् क्षणहरूको चर्चा गरेका थिए । उनले  विद्यार्थीहरूलाई पनि अन्वेषणमा लाग्न प्रोत्साहन गरे । डा. वाङ होउ म्यान सन् १९८६ मा स्थापित चीन अन्वेषण तथा शोध केन्द्रका अध्यक्ष हुन् ।

कार्यक्रममा कलेजका निवर्तमान प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ, कलेजको स्नातकोत्तर अध्ययन केन्द्रका निर्देशक प्रा.डा. तुसिता चाँदनी शाही, सोही केन्द्रका उपप्राध्यापक प्रतिक सिंह ठकुरीसहित अन्य शिक्षकहरू पनि सहभागी थिए । 

नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा सम्पन्न कार्यक्रमको आयोजना कलेजका उपप्राध्यापक तथा प्राकृतिक स्रोत व्यवस्थापन विषयका संयोजक डा. नारायण प्रसाद कोजूले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई