असार १२, काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा भोली सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार अपरान्ह ४ बजे नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

यसअघि आज सार्वजनिक तयारी थियो । तर, प्राविधिक समस्याका कारण भोली नतिजा सार्वजनिक गर्न लागिएको हो ।

यसका लागि सम्पूर्ण तयारी पुरा भइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

गत चैत १५ गते सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी भएका थिए ।

Related News