Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 2, 2024 शिक्षा

कक्षा १२ को नतिजा: ९ हजार ५९१ विद्यार्थीले ल्याए ‘ए प्लस ग्रेड’

By साझासवाल 2 मिनेट पढाइ

साउन १८, काठमाडौँ । कक्षा १२ को सार्वजनिक नतिजा अनुसार नौ हजार ५९१ विद्यार्थीले ‘ए प्लस ग्रेड’ ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार उनीहरूले ३.६१ देखि ४.० जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका हुन् ।

यसअघि गत वर्ष २०७९ सालको नतिजा अनुसार ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका थिए । २०७८ सालको नतिजा अनुसार चार हजार १७९ विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका थिए ।

विगतको तुलनामा यो वर्ष ए प्लस ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या बढेको हो । त्यस्तै समग्र नतिजामा समेत सुधार देखिएको छ । नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी पास भएका छन् ।

गत वर्ष ५१.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण  भएका थिए । भने २०७८ सालमा ४६.४ प्रतिशत विद्यार्थी उत्तीर्ण  भएका थिए ।