2026-06-19 07:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सूचना मागेपछि निकालिए शिक्षक, ती शिक्षकलाई पुनर्बहाली गरी सूचना दिन महासङ्घको माग

काठमाडौं । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आफू अध्यापनरत विद्यालयमा सूचना माग गरेकै कारण सेवाबाट अवकाश दिएको घटनाप्रति आपत्ति जनाउँदै ती शिक्षकलाई पुनर्बहाली गराउन माग गरेको छ ।

भोजपुर नगरपालिका वडा नं.११ आम्तेकका स्थानीयवासी एवं भोजपुर नगरपालिका वडा नं.९ मा रहेको युनिक एण्ड युनाइटेड पब्लिक एकेडेमीका शिक्षक ईश्वरीप्रसाद ढकालले आफू अध्यापनरत विद्यालयमा सूचना माग गरेकै कारण जागीरबाट निकालेको घटनाप्रति महासङ्घको आपत्ति जनाएको हो ।

महासङ्घका अध्यक्ष उमीद बागचन्द र महासचिव पूर्णप्रसाद मिश्रले विज्ञप्ति जारी गर्दै विद्यालयजस्तो संवेदनशील ठाउमा राज्यले बनाएको कानुनको अधीनमा रही नागरिकका नाताले सूचना माग गर्दा जागीरबाट निकालिनुपर्ने घटनाले विद्यालय सञ्चालकको चेतनास्तरमाथि नै प्रश्न गरेको उल्लेख छ ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ ले गरेको व्यवस्था अनुसार प्रक्रिया पु¥याएर सूचना माग गरेका ढकाललाई विद्यालयका सूचना अधिकारी र कार्यालय प्रमुखले सूचना दिएनन् । सूचना नदिएपछि ढकालले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरी आयोगले पनि सूचना दिन आदेश गरिसकेको अवस्थामा सूचना मागकर्तालाई सेवाबाट हटाउनु नेपालको कानुन विपरीत रहेकाले तत्काल पुनर्बहालीका लागि महासङ्घले जोडदार माग गरेको हो ।

ढकाललाई विद्यालयले निकालेको मिति २०८१ फागुन १ गतेकै मितिदेखि लागु हुने गरी पुनर्बहाली गरी निजले माग गरेको सूचना आयोगकै आदेशबमोजिम दिनुपर्ने महासङ्घको भनाइ छ ।

ढकाललाई पुनर्बहाली गरी सूचना नदिएमा महासङ्घ कडाभन्दा कडा कदम चाल्न बाध्य हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी