Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बाँसको झ्याङ खस्दा महिलाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ ३०, नवलपरासी | </b>पश्चिम नवलपरासीमा मंगलबार साँझ आएको हावाहुरीमा परी एक महिलाको ज्यान गएको छ ।&nbsp;<br></p><p>पानीसहित आएको हावाहुरीले बाँसको झ्याङ खस्दा ५० वर्षीया महिलाको घटनास्थलमै ज्यान गएको हो । भारतको महाराजगञ्ज निचरौल घर भई हाल पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ को घरमौरीमा रहेको स्थानीय बेइलादेवी शर्माको उखुबारीमा काम गर्ने ५० वर्षीया बिन्दादेवी राजभरको ज्यान गएको हो ।&nbsp;</p><p>हावाहुरीसहित आएको पानीमा ओत लाग्न बाँसको झ्याङमा पुगेकी उहाँलाई बाँसको झ्याङ नै खसेर किच्दा घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय बेलाटारीले जानकारी दिएको छ ।&nbsp; रासस&nbsp;</p>