२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

प्रतिभा देखाउदै युवा विद्यार्थी

२०७५, २१ असार बिहीबार १३:३४

नरी बडु | असार २१, बैतडी | देशमा व्यवहारीक एवं अतिरिक्त क्रियाकलाप सहितको शिक्षा आवश्यक छ भन्ने बहस चलिरहेका वेला बैतडीका युवाहरु पनि विभिन्न प्रतिभा देखाउनमा व्यस्त छन् । जिल्ला युवा समिति मार्फत आयोजन भएका नृत्य प्रतियोगिता र बक्तित्व प्रतियोगितामा युवाहरुले प्रतिभा देखाएका हुन् । 

जिल्लाको डिलाशैनी गाँउपालिकामा बुधबार आयोजना गरिएको एकल तथा सामुहिक नृत्य प्रतियोगितामा यहाँका २५ जना युवाहरुले आफ्नो प्रतिभा देखाएका छन् । यस्तै बिहिबार जिल्ला सदरमुकाम स्थित जिल्ला युवा समितिको कार्यालयमा आयोजना गरिएको जिल्ला स्तरिय वक्तिृत्वकला प्रतियोगितामा ८ जना युवाहरुले आफ्नो प्रतिभा देखाएका छन् । 

युवा प्रतिभा पहिचान कार्यक्रम अन्तगत “समृद्ध नेपाल सुखि नेपाली अभियानमा युवाको भुमिका” विषयक शिर्षकमा उनिहरुले आफ्नो कला प्रस्तुत गरेका हुन् । बक्तित्वकला प्रतियोगितामा क्रिमसनसिह नेगी प्रथम, भुवनेश्वरी भट्ट द्वतिय, कमलापती भट्ट तृतिय र डम्बरी बडुले सान्त्वना स्थान हात पारेका छन् । 


जिल्लाबाट प्रथम भएका त्रिमशनसिह नेगी असार २३ गते हुने प्रदेशस्तिरीय बक्तित्वकला प्रतियोगितामा सहभागि हुने छन् । प्रथम, द्वतिय, तृतिय र सान्त्वना स्थान हात पार्ने प्रतियोगिहरुलाई जिल्ला युवा समितिले क्रमशः ७ हजार, ६ हजार, ५ हजार र ४ हजार नगद सहित प्रमाणपत्र प्रदान गरेको छ । कार्यंक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले युवाहरु  देश विकासको मुल शक्ति भएकाले उनिहरुले आफ्नो क्षमता विकास गर्नुपर्ने बताएका छन् । कार्यक्रमका सभाध्यक्ष एवम् जिल्ला युवा समितिका अध्यक्ष सन्तोषप्रकाश जोशीले युवाहरुको प्रतिभा पहिचानका लागि युवा समितिले कार्यक्रमको आयोजना गरेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै