Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जुन सरले छोरी जस्तै भनेर बोलाए, खेलौना जस्तै बनाए

By साझासवाल 11 मिनेट पढाइ

पढ्न करिब 5 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार | साउन ५, गुल्मी |

डायरी नम्वर–१:

आज विहानै विस्तरामा चार पाँच कल फोन आयो ।  साँच्ची भन्नु पर्दा एउटा रिर्पोटरको निजी जिन्दगी नै छैन जस्तो लाग्छ । आफ्नो कार्यकर्ताले  एउटी युवतीलाई गरेको भनिएको यौन हिंसाको समाचार वाहिर आएको भन्दै एक जना विद्यार्थी नेताले फोन र सामाजिक सञ्जालमा कान कपाल खाई रहेको तनावका विच राती अवेर निद्रा  परेको थियो ।

त्यही तनावका वावजुत पनि आज विहान आएका फोनहरु मध्ये एउटा फोन गम्भीर रुपले लिएर विस्तराबाटै रिर्पोटिङ्ग गरें । लाग्यो अहिलेको पिढि निकै सचेत छ ।  कुनै समय हाम्रो समाजका चेलीहरु  वलात्कृत भएरर रक्ताम्मे हुँदा पनि सहेर बस्न बाध्य थिए  । तर अहिले कसैको आसय करणी भए पनि खुलासा गर्ने क्षमताका भएका छन ।   यो एउटा सचेत समाजका पक्षधरका लागि खुशीको कुरा हो ।

गुल्मीको चन्द्रकोट गाउँपालिका बाट आज विहान एक विद्यालयकी छात्रले फोनमा भनिन–‘ उमेरमा बाजे सरहका एक जना सरले पढाउने बेलामा अश्लिल शव्द प्रयोग गर्ने,  जिस्काउने गर्नु हुन्थ्यो । असार २५ गते दुई वजे पछाडी मलाई उहाँले आफ्नो घर हेर्न आउनका लागि भन्दै  वोलाउनु भयो ।

मैले जान मानिन । त्यस पछि उहाँले भन्नु भयो –‘मैले त तिमीलाई मेरी छोरी जस्तै  ठानेर पो वोलाएको हुँ, नेगटिभ सम्झीने ? त्यस पछि म उहाँको घरमा पुगें । तल अरु सरहरु पनि हुनुहुन्थो ।

मलाई माथी बोलाउनु भयो । म  गएर बसें । उहाँले माया प्रेमका कुरा  गर्नु भयो । तिमी संग घुम्न जान मन छ । असाध्धै माया लाग्छ, विहे गर्न मन छ भन्नु भयो । दुई पटक सम्म मेरो शरिरमा हात लगाउनु भयो । म भागेर बचेकी हुँ । ’

उनले त्यस विरुद्ध उनको वडा कार्यालयमा उजुरी दिएको वताईन । अहिले नाम विवरण गोप्य राखिएको त्यस वडाका वडाध्यक्षले पनि उनको आसय करणी विरुद्ध उजुरी परेको पुष्टि गरे ।

एक मात्र होईन, वहुपत्नीत्वका धनी ति सरलाई अहिले हामी सजग मात्रै गराउन चाहेर  नाम विवरण गोप्य राखेका हौं । भन्न चाहन्छौं– 'तपाईलाई के कमी छ ?  छोरा वुहारी नाति नातिना भई सकेका तपाई मान्छेलाई त्यो बुढेशकालमा आएर आफैले पढाउने १८ वर्षिया ठिटी चाहियो ?'

त्यहाँका जिम्मेवार जनप्रतिनिधीहरुले  तपाई प्रति दया गरेरै नाम विवरण गोप्य राखी दिन अनुरोध गरेका छन । तपाईका छोरीहरु भन्दा पनि कान्छि हुन् ति दलित समुदायकी तपाईले जिस्काउने विद्यार्थी ।

पेन्सन निक्लन ठिक्क परेको मान्छे हो तपाई । यस्तो वेलामा हामीले नाम विवरण राखी दियो भने हलात के होला ? परिणाम सोच्नु भएको छ ? सुनिन्छ हामी कहाँ तपाईले ति विद्यार्थी माथी गरेको हर्कतको सुचना आई सक्यो भन्ने थाह पाउन साथ तपाई विक्षीप्त हुनु भएको छ’रे ।

त्यसरी विक्षिप्त नहुनुहोस् । तपाईको यतिका वर्षे शैक्षिक क्षेत्रको योगदानलाई मध्ये नजर राखेर पनि तपाईलाई केहि समयका लागि त्यहाँका जनप्रतिनिधीहरुले संरक्षण गरेका हुन ।

जिल्ला मै  हरेक कुरामा  उत्कृष्ट नतिजा हाँसिल गरेको त्यस विद्यालयले अहिले तपाई कै कारणले बदनाम हुनु पर्ने अवस्था सिर्जना गरेको छ ।  त्यस विद्यालयका प्रधानध्यापक संगको कुराकानी पछि गोप्य राखेका छौं ।

तपाईले छोरी जस्तै ठानेर वोलाउँदै खेलौना बनाउन  खोजेकी ति विद्यार्थीले भनेकी छन–‘ म त भागेर बच्न सफल भएँ । यदि म भाग्न सफल नभएकी भए वलात्कृत हुनु पर्दथ्यो ।

आगमी दिनमा उहाँ र उहाँ जस्ता गुरुवर्गबाट म जस्ता अरु थुप्रै चेलीहरु वलात्कृत हुन नपरोस भनेर मैले वडामा उजुरी दिएकी हुँ । उहाँ सच्चैनै पर्छ र क्षमायाचना गर्नै पर्छ । ’

तपाई सर, जानुहोस छिट्टै र ति दलित समुदायकी विद्यार्थी संग कान समातेर उठ वस गर्नुहोस । तपाईलाई सच्चीने यो अन्तिम मौका हो ।  यदि दलित समुदायका महिला खेलौना हुन भन्ने ठान्नु भएकै हो भने भोली नाङ्गेझार हुनु पर्ला ।

डायरी नम्वर–२, वलात्कार उद्योग आयो जिल्लामा

तीन दिन अघि गुल्मी कै हुँगाका एक जना वासीन्दाले फोन गरे । उनले भने–‘ एउटी वोल्न नसक्ने  सुस्त मनस्थितीकी महिलालाई त्यहाँको एक जनाले घर भित्रै पसेर समात्यो । उसले वलात्कार गरेको हामीलाई आशंका छ । ति गरिव परिवारका हुन । उनका वावु र दाजु भाईलाई एक वोत्तल रक्सीमा विकाएर गाउँमै गापचुप पारिदै छ । ’

ति ब्यक्तिले त्यसरी सुचित गरी सकेपछि  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्र खड्का संग कुराकानी गरियो । खड्काले तत्काल स्थानिय तहमा बुझे पछि हिजो ति आरोपीलाई पक्राउ गरी  मुद्धा दायरी भई म्याद थप समेत गरिएको   प्रहरी निरीक्षक खडकाले  जानकारी दिए ।

त्यस कार्यालय मुद्धाफाँट प्रमुख सत्यनारायण यादवका अनुसार छत्रकोट गाउँपालिका वडा नम्वर १, हुँगाका ४४ वर्षिया जयबहादुर कामीले  छिमेकी सुस्त मनस्थितीकी महिलाको घरमा पसेर संवेदनशिल अंगमा हात लगाएको उनका वावुले देखे पछि यो कुरा वाहिर आएको हो ।

साउने सक्रान्तिका दिन अविरल वर्षा भई रहेको बेला मदिराले मस्त भएका उनि त्यस घरमा पसेर सुस्त मनस्थितीकी ति महिलालाई वलात्कार उद्योग गरेको अभियोगमा मुद्धा दर्ताको प्रकृया अगाडी बढाईएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

यौन हिंसाकै विषयमा समाचार लेखे वापत एक राजनैतिक दलका विद्यार्थी नेताले सामाजिक सञ्चालमा यसै समाचारदातालाई अर्ति उपदेश दिई रहेका छन । उनले भनेका छन उजुरी दर्ता नहुँदै किन समाचार लेखियो ?

उनलाई यो पनि अवगत गराउन चाहन्छौं कि अहिले प्रहरी प्रशासनमा भन्दा पहिला सञ्चार माध्यममा पिडितले गुहार माग्न थालेका छन । यदि त्यसो नगर्ने भएको भए । एक वोत्तल रक्सीमा गाउँमै मिलाउन थालिएको पछिल्लो यो वलात्कार उद्योग मुद्धा पनि जिल्लामा यसरी आउने थिएन ।

ति कार्यकर्ताका निकट युवक थिएर उनले ति रगतको पोखरीमा डुवेकी युवतीको पिडा उठान गलत ठाने तर उनि आफ्नै वहिनी हुन्थिन भने के गर्थे ? समाचारमा आफ्नो विरानो हुन्न भन्ने उनले सम्झीदिए पुग्छ ।