2026-09-14 05:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

नेपालगञ्ज राजपत्र सार्वजनिक

साउन ८, बाँके।  नेपालगञ्ज उपमहानगरपालिकाले आज राजपत्र सार्वजनिक गरेको छ । 

प्रतिनिधिसभा सदस्यद्वय महेश्वर गहतराज र नन्दलाल रोकाय, जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तव र नगर प्रमुख डा धवलशम्शेर जबराले संयुक्त रुपमा राजपत्र सार्वजनिक गर्नुभयो । 

त्यस अवसरमा सांसद गहतराजले संघीय पुनसंरचनामा अधिकारसम्पन्न तीन सरकारका कानून र प्रक्रिया फरक भए पनि नेपालको मूल कानूनअनुसार नै अघि जाने बताउनुभयो । 

स्थानीय तहमा देखिएका समस्यालाई अब तत्काल व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै उहाँले आवश्यक जनशक्ति र भौतिक पूर्वाधारको निर्माण गरी प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । 

सो राजपत्रमा भाग एकअन्तर्गत आर्थिक ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून, विनियोजन ऐन, सहकारी ऐन, प्रशासनिक कार्यविधि ऐन, कृषि व्यवसाय प्रबद्र्धन ऐन, न्यायिक समिति कार्यविधि ऐन र भाग २ मा १६ नियमावली, कार्यविधि, निर्देशिका र आचारसंहिता रहेको उपप्रमुख उमा थापा मगरले बताउनुभयो । 

त्यस अवसरमा विभिन्न क्षेत्र निकाय र तहबाट विशेष योगदान पु¥याएका करीब २५ व्यक्ति तथा संस्थालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले