2026-09-13 08:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

अष्टावक्र फाउन्डेशनद्धारा एसईई उत्रिण विद्यार्थी सम्मानित

राम नारायण पंडित | साउन १२, सिरहा | मिर्चैयामा रहेको अष्टावक्र फाउन्डेशनले २०७४ सालको एसईई परिक्षामा उत्कृष्ट अंक ल्याई उतीर्ण भएका बिद्यार्थीहरुलाई एक कार्यक्रमकोबिच सम्मान गरेका छन । बिद्यार्थीको पढाईप्रति मनोवल बढाउने उदेश्यले फाउन्डेशनले मिर्चैया नगरपालिका बडा नं. ५ स्थित सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी आज (शनिवार) मिर्चैया नगरपालिका भित्र रहेका निजि तथा सरकारी बिद्यालयबाट उर्तीण भएका २४ जना बिद्यार्थीहरुलाई सम्मान गरेको आयोजकले जनाए । 

नगरपालिका भित्र रहेका १० वटा निजि विद्यालय र ३ वटा सरकारी विद्यालयलाई चिठी पठाई सरकारी विद्यालयबाट एसईई परिक्षामा “ए” पल्स र सरकारी विद्यालयवाट “ए” जिपिए ल्याएका बिद्यार्थीहरुलाई सहभागि गराई सम्मान गरेको आयोजक संस्थाका सचिव बलराम सेवकले बताए । कार्यक्रममा सहभागि भएका निजि र सरकारी गरी २० जना छात्र र ४ जना छात्रा गरी २४ जनालाई विद्यार्थीलाई प्रमाण पत्र, मेडल, खादा, मायाको चिनो सहित सम्मान गरिएको छ । 

कार्यक्रममा मोहन माबि, सगरमाथा मावि, टाइम्स स्कुल, स्वस्तिक पाठशाला र आदर्श शिशु सदनका विद्यार्थीहरु सम्मानित भएका छन् । संस्थाले बिगत एक वर्षदेखि समाजिक क्षेत्रमा काम गर्दै आएका छन् । 

संस्थाका संस्थापक अध्यक्ष डा. संजय साहको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा अध्यात्म गुरु स्वामी शैलेन्द्र र अतिथिको रुपमा संस्थाका अध्यक्ष अमर साह लगायतका सहभागिता रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन