2026-09-14 06:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको महेन्द्र नमुना माबिमा मोबाइल फोनको प्रयोग निषेध

लोकेन्द्र प्रसाद जोशी | साउन १६, दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माबि खलंगामा चालु शैक्षिक सत्रदेखि विद्यार्थीहरुलाई विद्यालयमा मोवाईल फोन प्रयोग गर्न निषेध गरिएको छ । मावि खलंगामा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गर्दै मोबाइल प्रयोग निशेष गरीएको जानकारी गराइएको हो ।

मोबाइल फोनको गलत प्रयोग गरेर बिद्यार्थीहरु कुलतमा फस्दै गएको, पढाइ प्रभाबित भइरहेको, समाजिक मूल्य मान्यता बिपरीत गतिबिधिहरुमा किशोरकिशोरीहरु लाग्न थालेको भन्दै मोबाइल बन्द गर्ने निर्णय गरीएको हो । मोबाइल फोनको दुरुपयोग गरेर फेसबुक, फोन मार्फत बिभिन्न नकारात्मक गतिबिधिहरुमा बिद्यार्थीहरु संलग्न हुन थालेको, पढाइमा ध्यान कम हुने गरेको बिद्यालयमा समेत मोबाइन चलाएर बस्न थालेपछि बिद्यालय समयभित्र मोबाइल प्रयोगमा बन्देज लगाउँने निर्णय गरीएको बिद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिनुभयो । बिद्यालयमा चालु शैक्षिक सत्रदेखि शैक्षिक गुणस्तर सुधार र बिद्यार्थीहरुलाइ अनुशासित बनाउन आउट पास र इमरजेन्सी पास कार्डको प्रयोग गरीने उहाँले बताउँनुभयो ।

बिद्यालयमा नबप्रबेशी बिद्यार्थीहरुलाइ विद्यालयमा पालना गनु पर्ने नीति, नियम तथा आंचारसंहिताका बारेमा समेत अभिमुखीकरण गराइएको बिद्यार्थी मान सिह धामीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ