२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका १७ विद्यालयले ग्रेडसिट नपाउँदा विद्यार्थी समस्यामा

२०७५, २१ श्रावण सोमबार ०३:४९

साउन २१, तुलसीपुर (रासस) | दाङको बबई गाउँपालिकाअन्तर्गतका १७ वटा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्रछात्राको शैक्षिक शत्र २०७४ सालमा सञ्चालन भएको कक्षा ८ को गाँउपालिका स्तरीय परीक्षाको ग्रेडसिट शैक्षिक शत्र शुरु भएको झण्डै चार महिना बित्न लाग्दासम्म पनि गाउँपालिकाले उपलब्ध गराउन सकेको छैन । 

एउटा विद्यालयमा अध्ययनरत छात्रछात्रा अर्को विद्यालयमा अध्ययन गर्न जाँदा मार्कसिट र क्यारेक्टर सर्टिफिकेट पेस गर्नुपर्दछ । जुन कक्षा ६ र ९ मा त अनिवार्य मानिन्छ । तर गाउँपालिकाले कक्षा ८ का ग्रेड सिट समयमा नै उपलब्ध गराउन नसक्दा शैक्षिक शत्र २०७५ मा कक्षा ९ मा भर्ना भएर पनि प्रथम त्रैमासिक परीक्षासमेत दिइसके । 

गाउँपालिकाभित्रका आधारभूत विद्यालयबाट माविमा भर्ना हुन त्यति समस्या नभएता पनि गाउँपालिका र जिल्ला बाहिर जानुपर्ने विद्यार्थीका लागि यो जटिल समस्या भएको छ । 

कक्षा ९ को रजिष्टे«शन फाराम भर्ने समय नजिकिँदै गर्दा फाराम साथ अनिवार्यरुपमा पेस गर्नुपर्ने ग्रेडसिट उपलब्ध नहुँदा शिक्षक, विद्यार्थी तथा अभिभावकमा अन्योलता छाएको जीव न्यौपानेले बताउनुभयो । 

बबई गाँउपालिकाका श्रोतव्यक्ति दामोदर अधिकारीले आर्थिक अभावका कारण ग्रेडसिट वितरणमा समस्या भएको जानकारी दिनुभयो । सप्टवेयर व्यवस्थापन गर्ने, ग्रेडसिट छपाउने, मार्कलेजर तयारी गर्ने, ग्रेडसिट प्रिन्ट गर्ने कार्यमा लागेको खर्च सम्बन्धित व्यक्ति साइबर तथा तथा अफसेट प्रेसले भुक्तानी नपाएको कारण रोकिएको र गाउँपालिकाबाट रकम भुक्तानी हुनासाथ तुरुन्त बैठक बसालेर वा सम्बन्धित विद्यालयलाई बोलाएर ग्रेडसिट वितरण गरिने श्रोतव्यक्ति अधिकारीको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा