२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

सप्तरीको तिलाठी कोइलाडीमा शतप्रतिशत विद्यालय भर्ना

२०७५, २४ श्रावण बिहीबार १६:५५

साउन २४, राजविराज | सप्तरी तिलाठी कोइलाडी गाउँपालिकालाई आज शतप्रतिशत विद्यालय भर्ना घोषणा गरिएको छ । 

तिलाठी कोइलाडी गाउँपालिकास्थित गजेन्द्र नारायण सिंह चोक (जिरीया हटिया)मा आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो । 

पाँचदेखि १२ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा भर्ना गरी शतप्रतिशत विद्यालय भर्ना घोषणा गरिएको छ । 

सो अवसरमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले विद्यालयलाई दिने खाजाभत्ता अब विद्यार्थीको आमाको नाममा बैंकमा खाता खोलेर दिनुपर्ने उल्लेख गर्दै विद्यार्थीको नाममा दिने खाजाभत्ता अभिभावकले खर्च गर्ने भएकाले आमाको नाममा भत्ता दिनुपर्ने बताउनुभयो । 

विद्यालयमा दिने खाजाभात्तामा समेत भ्रष्टाचार हुन थालेको गुणासो आइरहेको बताउँदै उहाँले आमाको नाममा खाता खोलेर खाजाभात्ता उपलब्ध गराउन सक्यौं भने भ्रष्टाचार कम हुने विश्वास व्यक्त गर्नुभयो । 

तिलाठी कोइलाडी गाउँपालिकामा पाँच देखि १२ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका पाँच हजार ९५१ बालबालिकालाई विद्यालयमा भर्ना गरिएको शिक्षा विकास समन्वय एकाइका अध्यक्ष शंकरराज लुइँटेलले जानकारी दिनुभयो । 

भर्ना भएका बालबालिकामध्ये निजी विद्यालयतर्फ दुई हजार २७३ र सामुदायिक विद्यालयतर्फ तीन हजार ६७८ रहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा मन्त्री साहले तिल्लाठी कोइलाडी गाउँपालिकास्थित कोइलाडी चोकमा गजेन्द्र नारायण सिंहको शालिक निर्माणका लागि रु १० लाख दिने घोषणा गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा