2026-11-01 11:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

छात्रालाई दुव्र्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ, विद्यालय बन्द

भदौ १३, बुटवल (रासस) | विद्यालयमा अध्ययनरत छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा बुटवलको निजी विद्यालयका प्रिन्सिपल तोयाराम पौडेल आज पक्राउ परेका छन् । 

बुटवल उपमहानगरपालिका–११ नहरपुरको ज्ञानपुञ्ज सेकेण्डरी इङ्लिस बोर्डिङ स्कूलको छात्रावासमा बस्ने १० कक्षाकी छात्रामाथि अभद्र व्यवहार गरेको भन्दै उनलाई प्रहरी नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमर थापाले जानकारी दिनुभयो । उहाँलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । 

“घटनाको वास्तविकताबारे विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ”, उहाँले भन्नुभयो । प्रहरी निरीक्षक थापाले दुवै पक्षलाई वार्तामा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । छात्राले आफ्ना आमाबाबुसँग दुव्र्यवहारबारे बताएपछि स्थानीय बासिन्दाले बिहानैदेखि नाराबाजी र प्रदर्शन गरेका थिए । आक्रोशित प्रदर्शनकारीले विद्यालयमा तोडफोडको प्रयास गरेपछि प्रहरी परिचालन गरिएको थियो । सो विद्यालय बन्द भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द