२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

शून्य दरबन्दीमा मावि सञ्चालन

२०७५, १७ आश्विन बुधबार ०१:५६

असोज १७, पाल्पा (रासस) | यहाँका दुई विद्यालयमा मावि दरबन्दी शून्य रहेपनि कक्षा सञ्चालन भइरहेको छ । रिब्दीकोट गाउँपालिकाको लक्ष्मी मावि माल्मुल र भाष्कर मावि ठिमुरेमा माविमा शून्य दरबन्दी रहेको छ । 

प्राविका शिक्षक र नीजि शिक्षकका भरमा माविमा कक्षा सञ्चालन गर्नु परेको छ । मावि तथा आधारभूत तहमा पर्याप्त दरबन्दी नहुँदा विद्यालयलाई शौक्षिक गुणस्तरसँगै शिक्षकको पारिश्रमिक व्यवस्थापनमा समस्या भएको छ । तल्ला तहका शिक्षकका भरमा माविका कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ । दरबन्दी नभए पनि अनुदानका शिक्षकसमेत आकर्षक सुविधा नहुँदा आवदेन दिन रुचाउँदैनन् । अनुदानका शिक्षक करारका हुन् । 

कालिका आधारभूत जोगीथुम र दुर्गा भवानी आधारभूत विद्यालय देउरालीमा शिक्षक दरबन्दी शून्य रहँदा प्रावि तहका शिक्षकका भरमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ । भाष्कर माविमा एक नीजि स्रोतका शिक्षक छन् । उहाँको मासिक पारिश्रमिक रु २० हजार रहेको छ । मासिक रु सात÷सात हजारमा नीजि स्रोतबाट दुई शिक्षक नियुक्त गरेपछि तलब कसरी जुटाउने भन्ने समस्या छ । पठनपाठन प्रभावित हुँदै आएको छ । 

प्राविमा चार शिक्षकको दरबन्दी, आधारभूत तहमा दुई र एक राहतका शिक्षक छन् । नीजि स्रोतका शिक्षकलाई मासिक तलब खुवाउन समस्या भएको प्रधानाध्यापक रिखबहादुर खत्री बताउनुहुन्छ । गत आवमा गाउँपालिका र स्थानीय बासिन्दाको सहयोगमा नीजि स्रोतका शिक्षकलाई तलब खुवाइएको थियो । यस वर्ष स्थानीय बासिन्दाबाट पैसा सङ्कलन गरी तलब खुवाउनुपर्ने बाध्यता छ । 

एक अनुदान शिक्षकका लागि कोटा पाए पनि विज्ञापनअनुसार कसैले पनि आवेदन नदिएको प्रअ खत्रीले बताउनुभयो । “आवदेन नपरेपछि अहिले तेस्रो पटक विज्ञापन गर्नु परेको छ,” उहाँले भन्नुभयो । लक्ष्मी माविमा १२५ विद्यार्थी अध्ययनरत छन् । पाँच नीजि स्रोतका शिक्षक छन् । खर्च धान्न नसकेपछि तीन जनाको नविकरण हुन सकेको छैन । मावि तहमा नीजि स्रोतका एउटा शिक्षकलाई रु आठ हजार ५०० तथा अर्कोलाई रु चार हजार ५०० तलब उपलब्ध गराइएको छ । 

विद्यालयका प्रअ प्रेमबहादुर खड्का अर्को वर्षदेखि विद्यालय सञ्चालन गर्न गाह्रो हुने बताउनुहुन्छ । महोत्सवबाट सङ्कलन भएको रकम तथा गाउँपालिकाको सहयोगबाट नीजि स्रोतका शिक्षकलाई तलबको व्यवस्था गर्नु परेको छ । विद्यालयमा तीन शिक्षक दरबन्दीका, दुई राहत तथा आधारभूत तहमा तीन राहतका शिक्षक कार्यरत छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ