2026-09-15 03:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

स्कुलले २२ विद्यार्थीलाई गरेको निलम्बन फिर्ता

असोज १७, बेनी (रासस) | रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित अमर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई लगाइएको निलम्बनको निर्णय फिर्ता भएको छ । 

नियमित रूपमा पठनपाठनको मागसहित आन्दोलित कक्षा १० का २२ विद्यार्थीलाई विद्यालयले एक महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । विद्यालयले अधिकार क्षेत्रबाहिर गएर लगाएको निलम्बनको निर्णय फिर्ता गरेसँगै बुधबारदेखि सबै विद्यार्थी नियमित रूपमा विद्यालय जान पाउने भएका छन् । 

मङ्गलबार रघुगङ्गा गाउँपालिकाको कार्यालय मौवाफाँटमा आयोजित सर्वपक्षीय बैठकमा विद्यालय व्यवस्थापन समिति, प्रधाध्यापक, शिक्षक, अभिभावक सङ्घ तथा वडाका प्रतिनिधिले विद्यार्थीलाई निलम्बन फिर्ता गर्ने निर्णय गरेका हुन् । विद्यार्थीको अध्ययन गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न विद्यालयले लगाएको निलम्बन फिर्ता लिने निर्णय भएको स्रोत व्यक्ति बालकृष्ण उपाध्यायले जानकारी दिनुभयो । 

विद्यालयमा ६ महीनादेखि रोकिएको कक्षा १० को विज्ञान विषयको पठनपाठन सञ्चालन गराउन तत्काल शिक्षा विकास तथा समन्वय एकाइ बेनीमा विज्ञान विषयको शिक्षक करार नियुक्तको लागि अनुमति माग गर्ने र समयमै शिक्षक उपलब्ध हुन नसकेमा निजी स्रोतबाटै भए पनि शिक्षकको व्यवस्थापन गर्ने निर्णय भएको छ । केही महिनादेखि रोकिएको कम्प्युटर विषयको पठनपाठनलाई सञ्चालन गर्न यसअघि नै कार्यरत रहेका रिम पाइजालाई मासिक रु १८ हजार तलब दिने गरी अध्यापनमा लगाउने निर्णय भएको छ । 

विद्यालयमा लामो समयदेखि विज्ञान र कम्युटर विषयका शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीले यही असोज १० गते तालाबन्दी गरेका थिए । आइतबार वडाका प्रतिनिधि, पार्टी प्रतिनिधि, अभिभावकलगायतको बैठकले कक्षा १० मा अध्ययनरत २५ मध्ये २२ विद्यार्थीलाई एक महीनासम्म विद्यालयमा अध्ययन गर्न प्रतिबन्ध लगाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ