2026-09-13 10:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाको प्रथम जिल्ला सम्मेलन सम्पन्न

असोज २१, रोल्पा | अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) रोल्पाको प्रथम जिल्ला सम्मेलन लिवाङमा सम्पन्न भएको छ । सम्मेलनले खगेन्द्रा विष्टको अध्यक्षतामा १३ पुर्ण र ४ वैकल्पिक गरि १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । 

समितिको उपाध्यक्षमा मिलनसिं ठकुरी, सचिवमा मिनराज रोका, सह-सचिवमा रमेश पुन र कोषाध्यक्षमा धनराज थापा  निर्वाचित हुनुभएको  छ । पुर्ण सदस्यहरूमा कल्पना गिरी, मोतिसरा बुढाथोकी, अनुप परियार, विशाल रोका मगर, विक्रम रोका मगर, रेखा रावत,अनिता विष्ट, केसरी विष्ट रहनुभएको छ भने वैकल्पिक सदस्यहरूमा दिपा विष्ट, विषम रेग्मी, पुर्णीमा मगर र खेमराज घर्ती मगर रहनुभएको छ । 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)का केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुँवरको प्रमुख आतिथ्यता सम्पन्न उद्घाटनमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष मेघनाथ विष्ट, नेपाल पत्रकार महासंघ रोल्पा साखाका अध्यक्ष महेश न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सम्मेलनमा राजमोका जिल्ला सल्लाहकार केवी थापा, प्रगतिशील पत्रकार संघ नेपालका जिल्ला सदस्य मिनराज रोका लगायतको आतिथ्यता रहेको सम्मेलन खगेन्द्रा विष्टको अध्यक्षता मिलनसिं ठकुरीको सञ्चालन र रमेश पुनको  स्वागतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले