२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

विद्यार्थी खुला चौरमा पढ्न बाध्य

२०७५, ५ पुष बिहीबार ०८:०७

विद्यार्थी खुला चौरमा पढ्न बाध्य

  प्रेम रौले बाजुरा, ५ पुस ५, बाजुरा  (रासस) |  बाजुराको बूढीगङ्गा नगरपालिका–१० सेलापाखामा रहेको भगवती माध्यमिक विद्यालयमा कक्षाकोठा अभावमा विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयमा निर्माण गरिएको चारकोठे भवन ठेकेदारले हस्तान्तरण गर्नमा ढिलाइ गरेपछि विद्यार्थी चिसोको समय पनि खुला चौरमा पढ्न बाध्य भएका हुन् । 

सोही नगरपालिका–१० वडामा रहेको उक्त विद्यालयमा कक्षा १० सम्मको पढाइ हुने गरेको छ । विद्यालयमा ५३० जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयसँग भवनसँगै बस्ने बेञ्च, डेक्सको पनि अभाव रहेको विद्यालयले जनाएको छ । 

चिसोको समय पनि चौरमा पढ्नुपर्ने समस्याका कारण विद्यार्थी बिरामी हुने गरेका छन् । चार वटा कक्षाका विद्यार्थीलाई दैनिकजसो खुला चौरमा पढाउनुपर्ने हुँदा पठनपाठन कार्यसमेत प्रभावित हुने गरेको विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर शाहले बताउनुभयो । 

तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको ३६ लाखमा निर्माण भएको भवनको पहिलो किस्ताबाहेक बाँकी रकम नआएपछि ठेकेदारले ताला लगाएर बन्द राखेको छ । निर्माण खर्च नपाएसम्म भवन हस्तान्तरण नगर्ने अडानमा साथ त्रिवेणी नगरपालिका–३ पुर्वुताका ठेकेदार खडक भण्डारी हाल भारतमा नोकरी गर्न गएका छन् । 

कामदारदेखि अन्य सामग्रीको रकम तिर्न बाँकी रहेकाले लागत खर्च भुक्तानी नभएसम्म चारकोठे भवन विद्यालयलाई नदिने ठेकेदारको अडान छ । भवन २०७३ सालमा निर्माण शुरु गरिएको भए पनि हालसम्म हस्तान्तरण हुन सकेको छैन । 

ठेकेदारले हालसम्म चार लाख मात्र लिएको र बाँकी रकम मन्त्रालय नै नरहेपछि नआएको स्थानीय पारस रावलले जानकारी दिनुभयो । भवन सञ्चालन गर्र्नेबारे स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकाय पनि बेखबर बनेको अभिभावकहरुले आरोप लगाएका छन् । 

भवन निर्माणपछि हस्तान्तरण नहुँदा विद्यार्थी मारमा परेका छन् । भवन भएरै पनि खुला चौरमा पढाउनुपर्ने बाध्यता नगरपालिकाले नबुझेको सेवा क्षेत्रका अभिभावकको गुनासो छ । बूढीगङ्गा नगरपालिकाका प्रमुख दीपकविक्रम शाहले भवन निर्माण प्रक्रियाका बारेमा आफूले कसैले खबर नगरेको बताउनुभयो । 

शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट रु ३६ लाखमा भवन निर्माण गर्नुपर्ने भए पनि ठेक्का प्रक्रियामा भएकाले रु १२ लाख रकम निकासा भएको नगरपालिकाले जनाएको छ । निर्माणाधीन भवनका लागि नगरपालिकाले बजेट विनियोजन गर्न लागत अनुमान नभएका कारण कुनै आधार नभएको नगर प्रमुख शाहको भनाइ छ । समुदायले बनाउनुपर्ने भवन ठेक्का प्रक्रियामा दिँदा झन् समस्या आएको उहाँको दाबी रहेको छ । 

बाल विवाह रोक्न विद्यालयका निगरानी पत्र 

बाजुराको दुर्गम क्षेत्रमा रहेको गौमूल गाउँपालिकाले गाउँपालिकाभरि रहेका सम्पूर्ण विद्यालयमा पढ्दै गरेका छात्रछात्राले बीचैमा विद्यालय छोड्ने र बाल विवाह गर्ने क्रमलाई रोक्न २३ वटै विद्यालयलाई निगरानी पत्र पठाएको गौमूल गाउँपालिकाले जनाएको छ । 

विद्यालयमा पढ्ने उमेरका बालबालिकालाई विद्यालय छोड्ने अनि बाल विवाह गर्ने कार्य पूर्णरुपमा बन्द गरी उनीहरूको सुन्दर भविष्य निर्माण गर्ने तथा पढाइप्रति बालबालिकालाई अभिप्रेरित गराउने उद्देश्यले सम्पूर्ण विद्यालयलाई निगरानी पत्र पठाइएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामीले केही वडामा बाल विवाह भएको खबर पाएपछि उनीहरूका अभिभावक बोलाई बाल विवाह रोक्न सहयोग गर्न आग्रह गरेका छौँ ।” 

तेइस वटै विद्यालयका प्रधानाध्यापकलाई विद्यालयमा पढिरहेका कुनै पनि बालबालिकालाई पढाइ छोड्न र बाल विवाह गर्न नदिन नियमित रेखदेख तथा परामर्श गर्न निर्देशन दिइएको अध्यक्ष रोकायाले बताउनुभयो । कसैले बाल विवाह गरेको पाइएमा तत्काल गाउँपालिकालाई खबर गर्न पनि भनिएको छ । 

गाउँपालिकाभित्र रहेका सबै वडाका बाल विवाह गराउने आमा बुबालाई गाउँपालिकाको कार्यालयमा बोलाई बाल विवाहबाट हुने समस्या र त्यसको न्यूनीकरणका विषयमा छलफलसमेत गरिएको उपाध्यक्ष सीता थापाले जानकारी दिनुभयो । गाउँपालिकाले अघिल्लो साता मात्र छ जोडीलाई बाल विवाह गर्न रोक लगाएर आ–आफ्नो घर पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टङ्कनाथ खनालले जानकारी दिनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा