२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्रक्रिया नपुर्याइ कर्मचारी भर्नापछि सुदूरपश्चिम विश्वविद्यालय तनावग्रस्त

६ पुष २०७५, शुक्रबार ०६:३९

 पुस ६, भीमदत्तनगर (रासस) | कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्रक्रिया नपुर्याइ २७ जना कर्मचारी भर्ना गरिएको छ । 

विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल डा भूपेन्द्र विष्टले एकलौटी रुपमा सातजना आशिंक शिक्षक प्रशासन र विभिन्न विभागका लागि भन्दै २० जना कर्मचारी दैनिक ज्यालादारीमा भर्ना गरेपछि विश्वविद्यालयमा तनाव भएको छ । 

मापदण्डको नाउँमा कर्मचारी भर्ना गर्दा सूचनासमेत जारी नगरिएको भन्दै क्याम्पसमा रहेका विभिन्न पाँच विद्यार्थी सङ्गठनले प्रिन्सिपलको कुर्ची जलाउनुका साथै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् । 

त्यसैगरी त्यहाँ अध्ययनरत विद्यार्थी पाँच दिनदेखि क्याम्पसमै अनशन बसिरहेका छन् । प्रिन्सिपल डा. विष्टले भर्ना गरेका कर्मचारी र आशिंक शिक्षकको रेकर्ड क्याम्पस प्रशासनमा राखिएको छैन । उता क्याम्पसका प्रिन्सिपल विष्टले भन्नुभयो, “आफूलाई पाइएको अधिकार बमोजिम ज्यालादारीमा कर्मचारी भर्ना गरेको हो ।” 

‘दरबन्दीमा कर्मचारी पदपूर्ति गर्न विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षाको नतिजा लामो समयदेखि नआएकाले काम गर्न सहजताका लागि मैले कर्मचारी राखेको हुँ ।’ उहाँले भन्नुभयो,“क्याम्पसमा त्यसको रेकर्ड नभए पनि कहीँ न कहीँ राखिएको छ ।” 

केन्द्रीय क्याम्पसमा रहेका विभागीय प्रमुखलाई समेत जानकारी नदिइ कर्मचारी राखिएपछि विभागीय प्रमुख पनि रुष्ट छन् । स्रोतका अनुसार भर्ना गरिएका कर्मचारीको विवरण विश्वविद्यालयको केन्द्रीय कार्यालयमा दिइएको छैन । 

उक्त विषयको विवादले क्याम्पसको पठनपाठन प्रभावित बन्दै गएको छ । लामो समयदेखि विश्वविद्यालयमा शिक्षक र कर्मचारीको अभाव रहेका बेला प्रिन्सिपल विष्टले मनोमानी ढङ्गले शिक्षक नियुक्तिका प्रक्रिया नै पूरा नगरी नियुक्त गरेको पाइएको छ । 

विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा कर्मचारी भर्नाको विषयको विवाद चुलिदा केन्द्रीय विश्वविद्यालयका पदाधीकारीहरु भने मौन छन । २०६८ सालमा स्थापना गरिएको सुदूरपश्चिम विश्वविद्यालयका हाल सुदूरपश्चिम प्रदेशमा १५ वटा आगिंक क्याम्पस रहेका छन । १५ वटा आगिंक क्याम्पस मध्ये १४ वटा समायोजन भइसकेका छन । 

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका सुचना अधिकारी गोविन्दबल्लभ पन्तले विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा राखिएका ज्यालादारी कर्मचारी र आशिंक शिक्षक भर्ना गरिएकोबारे प्रिन्सिपलबाट जानकारी आएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने नेवार समुदायले मनाउँदै ‘यमरी पुन्ही’, लोप हुँदै मल्लकालीन परम्परा एनपिएलः पोखरा टस जितेर बलिङमा धोबी खोलामा साइकलसहित शव भेटियो छतबाट खसेर किशोरीको मृत्यु यस्तो छ आजको मौसम पूर्वानुमान