2026-11-02 12:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्रक्रिया नपुर्याइ कर्मचारी भर्नापछि सुदूरपश्चिम विश्वविद्यालय तनावग्रस्त

 पुस ६, भीमदत्तनगर (रासस) | कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्रक्रिया नपुर्याइ २७ जना कर्मचारी भर्ना गरिएको छ । 

विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल डा भूपेन्द्र विष्टले एकलौटी रुपमा सातजना आशिंक शिक्षक प्रशासन र विभिन्न विभागका लागि भन्दै २० जना कर्मचारी दैनिक ज्यालादारीमा भर्ना गरेपछि विश्वविद्यालयमा तनाव भएको छ । 

मापदण्डको नाउँमा कर्मचारी भर्ना गर्दा सूचनासमेत जारी नगरिएको भन्दै क्याम्पसमा रहेका विभिन्न पाँच विद्यार्थी सङ्गठनले प्रिन्सिपलको कुर्ची जलाउनुका साथै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् । 

त्यसैगरी त्यहाँ अध्ययनरत विद्यार्थी पाँच दिनदेखि क्याम्पसमै अनशन बसिरहेका छन् । प्रिन्सिपल डा. विष्टले भर्ना गरेका कर्मचारी र आशिंक शिक्षकको रेकर्ड क्याम्पस प्रशासनमा राखिएको छैन । उता क्याम्पसका प्रिन्सिपल विष्टले भन्नुभयो, “आफूलाई पाइएको अधिकार बमोजिम ज्यालादारीमा कर्मचारी भर्ना गरेको हो ।” 

‘दरबन्दीमा कर्मचारी पदपूर्ति गर्न विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षाको नतिजा लामो समयदेखि नआएकाले काम गर्न सहजताका लागि मैले कर्मचारी राखेको हुँ ।’ उहाँले भन्नुभयो,“क्याम्पसमा त्यसको रेकर्ड नभए पनि कहीँ न कहीँ राखिएको छ ।” 

केन्द्रीय क्याम्पसमा रहेका विभागीय प्रमुखलाई समेत जानकारी नदिइ कर्मचारी राखिएपछि विभागीय प्रमुख पनि रुष्ट छन् । स्रोतका अनुसार भर्ना गरिएका कर्मचारीको विवरण विश्वविद्यालयको केन्द्रीय कार्यालयमा दिइएको छैन । 

उक्त विषयको विवादले क्याम्पसको पठनपाठन प्रभावित बन्दै गएको छ । लामो समयदेखि विश्वविद्यालयमा शिक्षक र कर्मचारीको अभाव रहेका बेला प्रिन्सिपल विष्टले मनोमानी ढङ्गले शिक्षक नियुक्तिका प्रक्रिया नै पूरा नगरी नियुक्त गरेको पाइएको छ । 

विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा कर्मचारी भर्नाको विषयको विवाद चुलिदा केन्द्रीय विश्वविद्यालयका पदाधीकारीहरु भने मौन छन । २०६८ सालमा स्थापना गरिएको सुदूरपश्चिम विश्वविद्यालयका हाल सुदूरपश्चिम प्रदेशमा १५ वटा आगिंक क्याम्पस रहेका छन । १५ वटा आगिंक क्याम्पस मध्ये १४ वटा समायोजन भइसकेका छन । 

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका सुचना अधिकारी गोविन्दबल्लभ पन्तले विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा राखिएका ज्यालादारी कर्मचारी र आशिंक शिक्षक भर्ना गरिएकोबारे प्रिन्सिपलबाट जानकारी आएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द