२५ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आठ वर्षदेखि बन्द रहेको सामुदायिक विद्यालय सञ्चालनका लागि महायज्ञ

१७ पुष २०७५, मंगलवार ०३:३२

पुष १७, पर्वत (रासस) | विद्यार्थी अभावका कारण आठ वर्षदेखि बन्द रहेको सामुदायिक विद्यालय सञ्चालनका लागि महायज्ञ सञ्चालन गरिएको छ । 

उत्तरी पर्वतको जलजला गाउँपालिका–२ बगरफाँटस्थित शिद्धबाबा आधारभूत विद्यालय पुनः सञ्चालनमा ल्याउन महायज्ञ लगाइएको हो । गाउँका विद्यार्थी निजी विद्यालयमा भर्ना हुँदा तथा कतिपय सदरमुकाम झरेका कारण २०६८ देखि विद्यालय बन्द छ । विद्यालयको सर्वाङ्गीण विकास र गुणस्तरीय शिक्षासहित कक्षा १ देखि १० सम्म पठनपाठन गर्ने उद्देश्यले महायज्ञ लगाइएको वडाध्यक्ष गोविन्द खत्रीले जानकारी दिनुभयो । 

महायज्ञबाट सङ्कलन भएको रकमले विद्यालयमा भौतिक पूर्वाधार निर्माण गरी प्रत्येक वर्ष कक्षा थप, अङ्ग्रेजी र नेपाली दुवै माध्यममा कक्षा सञ्चालन, कम्प्युटर शिक्षा र पुस्तकालय स्थापना गरिने महायज्ञ मूल आयोजक समितिका अध्यक्ष हिराबहादुर बरुवालले जानकारी दिनुभयो । सो महायज्ञ पुस २३ गतेसम्म चल्नेछ । महायज्ञमा पण्डित कमलनयन गौतमले कथा वाचन गरिरहनुभएको छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले विद्यालयका लागि रु एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । महायज्ञको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नुभएको हो । हाल कक्षा १ को पढाइ भइरहेको छ । अहिले ४१ विद्यार्थी अध्ययनरत छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली याक्सका विलियम बोसिस्टो बने ‘प्लेयर अफ द म्याच’ एनपिएल: कर्णाली याक्सको तेस्रो जित, ७ विकेटले हरायो पोखरालाई अब सिरियाको सत्ता कसको हातमा? विराटनगर किंग्सले भित्र्यायो नेदरल्याण्ड्सका एडवार्ड्सलाई पावर प्लेमा कर्णाली याक्सले २ विकेट गुमाएर बनायो २७ रन नाबालिग बलात्कार गरेको आरोपमा एमालेका पूर्वमेयर शिवाकोटी पक्राउ ६ महिनापछि फेरि खुल्यो मलेसिया रोजगारी, दूतावासले थाल्यो माग पत्र प्रमाणीकरण पोखराले कर्णालीलाई दियो सामान्य १०४ रनको लक्ष्य, बोसिस्टो एक्लैले लिए ६ विकेट १५ औं ओभरको समाप्तिमा पोखराले ८ विकेट गुमाएर बनायो ९४ रन बीआरआई नेपालको हितमै छ : प्रचण्ड पोखराले गुमायो तेस्रो विकेट, भुर्तेल १० रनमा आउट सरकारले रविलाई नियतवस अमानविय व्यवहार गरिरहेको छ : कांग्रेसका सांसद शर्मा बेपत्ता बुढाथोकी एक सातापछि कावेली खोलामा मृत भेटिए पोखराले गुमायो दोस्रो विकेट, पावर प्लेमा जोड्यो ५२ रन रास्वपाका नेताहरुविरुद्धको अवहेलना मुद्दामा मंगलबार सुनुवाइ हुँदै रविमाथिको अनुसन्धान प्रभावित गर्नेगरी प्रतिपक्षी दलका नेता बोल्नु बेठिक : गृहमन्त्री लेखक रवि लामिछानेमाथि गरिएको व्यवहार निन्दनीय: कांग्रेसका नेता शर्मा कर्णालीविरुद्ध पोखराले सुरुवातमा ब्याटिङ गर्ने लुम्बिनीका कप्तान रोहित पौडेल ‘प्लेयर अफ द म्याच’ घोषित एनपीएल: पाँचौ खेलमा लुम्बिनीको पहिलो जित, १३४ रनमै रोकियो चितवन