2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालय पुनःनिर्माण अझै एक वर्ष

 पुस १८, काभ्रेपलाञ्चोक (रासस) : भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयको पुनःनिर्माणमा अझै एक वर्ष लाग्ने भएको छ । 

जिल्लाका ५८७ सामुदायिक विद्यालयमध्ये २८ विद्यालय एशियाली विकास बैंकको सहयोगमा निर्माण भएको जिल्ला शिक्षा समन्वय एकाइ धुलिखेलले जनाएको छ । यसमध्ये आठ विद्यालय समुदायलाई हस्तान्तरण भइसकेको छ भने अन्य निर्माणाधीन विद्यालयको ८५ प्रतिशत काम सम्पन्न भएको छ । 

आउँदो २०७७ सालभित्र सामुदायिक विद्यालयको पुनःनिर्माण सकिने विद्यालय पुनःनिर्माण आयोजना एकाइ प्रमुख निर्मलकुमार घिमिरेले बताउनुभयो । उहाँका अनुसार समयमा विद्यालय छनोट नहुनु, रकम निकासामा ढिलाइ हुनु तथा केही विद्यालयमा जमीनको स्वामित्वसम्बन्धी विवादका कारण विद्यालय भवन पुनःनिर्माणमा ढिलाइ भएको हो । उहाँले भन्नुभयो, “२०७७ भित्र सामुदायिक विद्यालयको पुनःनिर्माण सक्ने योजनामा छौँ ।” 

काभे्रलाञ्चोकको ६९० विद्यालयमध्ये १०३ संस्थागत विद्यालय छन् । भूकम्पबाट क्षतिग्रस्त विद्यालयले पुनःनिर्माण तथा अस्थायी अध्ययन केन्द्रमार्फत अध्यापन सञ्चालन गरिरहेको एकाइ प्रमुख घिमिरेले बताउनुभयो । उहाँका अनुसार जिल्ला कार्यान्वयन एकाइको अनुदानमार्फत १९३, सङ्घ संस्थाबाट ३५ गरी २२८ विद्यालय पुनःनिर्माण भइरहेको हो । 

करीब ५० प्रतिशत विद्यालयको पुनःनिर्माण बाँकी छँदा एक वर्षमा सकिने एकाइको दाबी छ । एकाइ प्रमुख घिमिरे भन्नुहुन्छ, “५० प्रतिशत निर्माण सम्पन्न भयो, करीब ३० प्रतिशत निर्माणाधीन अवस्थामा छन्, अबको एक वर्षमा पुनःनिर्माण सक्नेछौँ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई