२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

रणभुवनेश्वरी मावि पूर्व विद्यार्थी समाज गठन एवं अक्ष्ययकोष स्थापना

२०७५, २३ पुष सोमबार ०१:२६

पुष २३, काठमाडौँ | श्री रणभुवनेश्वरी माध्यमिक विद्यालय देविघाट, नुवाकोटमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको बृहत् भेलाले रणभुवनेश्वरी मावि पूर्व विद्यार्थी समाज गठन गर्दै एक अक्ष्ययकोषको स्थापना गरेको छ । 

श्री रणभुवनेश्वरी मावि देविघाटमा बि.सं २०४५ सालमा कक्षा १० मा अध्ययन गरेका विद्यार्थीहरुको पहलमा शनिबार धादिड.को गल्छीमा सम्पन्न बृहत भेला तथा पिकनिक कार्यक्रममा उपस्थित पूर्व विद्याार्थीहरुको भेलालले उक्त समाज गठन गरेको हो । 

भेलाले रामकृष्ण खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको सचिवमा मीन कुमार खतिवडा तथा सदस्यहरुमा दिपक चित्रकार, शशी शाह, शुसिला शर्मा पौडेल, केशव प्रसाद अर्याल, कर्ण बहादुर खड्का, पूर्णमान चित्रकार, दामोदर नेपाल, राम प्रसाद पुडासैनी, बद्री प्रसाद रिमाल, सिताराम रिमाल र हरि रिमाल रहेका छन्  भने सल्लाहकार समितिमा राजेन्द्र प्रसाद पुडासैनी, ठाकुर प्रसाद खतिवडा, भरत पुडासैनी, शिव सुन्दर पुडासैनी, बद्री प्रसाद बडाल, भोजराट भट्ट रहेका छन् । 


त्यसैगरी उक्त भेलाले रणभुवनेश्वरी माविमा अध्ययन गर्ने विद्यार्थीहरु एवं विद्यालयको विकासमा सहयोग पुर्याउने उद्देश्यले एक अक्षय कोषको स्थापना समेत गरेको छ । उक्त अक्षयकोष सञ्चालन र व्यवस्थापन सम्बन्धी कार्यविधि नव गठित समाजले तय गर्ने गरी भेलाले समाजलाई जिम्मेवारी दिएको छ । 

विद्यालय छाडेको करिब ३० वर्षपछि भएको पूर्व विद्यार्थीहरुको उक्त पुनर्मिलन कार्यक्रम अत्यन्तै महत्वपूर्ण र फलदायी रहेको अधिकाँश सहभागीहरुले बताएका थिए । 


दामोदर नेपालको सहयोगमा । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा