2026-09-14 07:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका १४ आङ्गिक क्याम्पसका कर्मचारीहरुले तलब पाएनन्

पुस २४, बैतडी | गत साउनदेखि सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीले तलब पाएका छैनन् । 

सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका १४ आङ्गिक क्याम्पसका ३३४ प्राध्यापक तथा कर्मचारीले तलब नपाएको विश्वविद्यालय आङ्गिक क्याम्पस समायोजन सङ्घर्ष समितिका संयोजक मानबहादुर चन्दले जानकारी दिए । 

विश्वविद्यालयका पदाधिकारीको गैरजिम्मेवारीका कारण प्राध्यापक कर्मचारीले अहिलेसम्म तलब नपाउँदा समस्या भएको प्राध्यापक कर्मचारीले बताएका छन् । २०७४ असोज २ गते नेपाल सरकारले सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसकका दरबन्दी स्वीकृत गरेको थियो । १४ क्याम्पसमा कार्यरत ३३४ प्राध्यापक तथा कर्मचारीले तलब पाउन नसकेको चन्दले बताउनुभयो । 

विश्वविद्यालय सभाबाट बजेट पारित नहुँदा प्राध्यापक कर्मचारी मारमा परेका छन् । क्याम्पसलाई सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन गर्दा पहिलेको र विश्वविद्यालयमा गाभिएपछि तलब नपाएको जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताउनुभयो । 

प्राध्यापक तथा कर्मचारीले छ महीनासम्म पनि तलब नपाउँदा विश्वविद्यालयले कुनै चासो नदिएको हो । सुदूर पश्चिम प्रदेशका जगन्नाथ बहुमुखी क्याम्पस (गोठलापानी बैतडी), पाटन बहुमुखी क्याम्पस (बैतडी), मणिलेक क्याम्पस (मेलौली बैतडी), दार्चुला बहुमुखी क्याम्पस (दार्चुला), गोकुलेश्वर बहुमुखी क्याम्पस (दार्चुला)मा कार्यरत प्राध्यापक तथा कर्मचारीले तलब पाएका छैनन् । 

यस्तै जयपृथ्वी बहुमुखी क्याम्पस (बझाङ), बाजुरा क्याम्पस (बाजुरा), बडिमालिका क्याम्पस (बाजुरा), त्रिवेणी जनता बहुमुखी क्याम्पस (बयलपाटा अछाम), बहुमुखी क्याम्पस (जोगबुढा डडेल्धुरा), सीताराम बहुमुखी क्याम्पस (उच्चाकोट डोटी), सेतीमहाकाली बहुमुखी क्याम्पस (घण्टेश्वर डोटी), दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस (अत्तरीया कैलाली) र टीकापुर बहुमुखी क्याम्पस (टीकापुर कैलाली)मा कार्यरत प्राध्यापक तथा कर्मचारीले पनि तलब नपाएका हुन् । 

प्राध्यापक तथा कर्मचारीले विश्वविद्यालयमा समायोजन गर्दा ल्याइएको विभेद्कारी नियमावली समेत सच्याउन आग्रह गरेका छन् । सुदूर पश्चिमाञ्चल विश्वविद्यालय आन्तरिक विवादमै रुमल्लिरहेको अवस्थामा आङ्गिक क्याम्पसमा दिनुपर्ने रकम निकासा गर्न सकेको छैन । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले