2026-09-14 07:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा प्राध्यापक संघ तदर्थ समिति गठन

पुस २४, कञ्चनपुर | सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा प्राध्यापक संघको तदर्थ समिति गठन गरिएको छ । 

सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पस सहित १४ वटै आंगिक क्याम्पसका प्राध्यापकको भेलाले उप–प्राध्यापक बीर बहादुर सिह(ठकुरी)को संयोजकत्वमा ५५ सदस्यीय सुप विश्वविद्यालय प्राध्यापक संघ तदर्थ समिति एव अधिवेशन आयोजक समिति गठन गरिएको हो ।

सुप विश्वविद्यालय प्राध्यापक संघ तदर्थ समितिले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै विश्वविद्यालयमा क्रियाशिल प्राध्यापक संघ/गठनसंगको छलफलको आवश्यकता नै महसुस नगरी आफ्नो स्वार्थपूर्तिका लागि होटेलको एक कोठामा बसी प्राध्यापक संघ गठनको नाटक मञ्चन गर्ने काम गरिएको आरोप लगाईएको छ । २० पुषमा प्राध्यापक यज्ञराज पाठकको संयोजकत्वमा सुप विश्वविद्यालय प्राध्यापक संघको तदर्थ समिति गठन गरिएको थियो । 

पाठक नेतृत्वको समिति बहिस्कार गर्दै सुप विश्वविद्यालयमा नयाँ समिति गठन गरिएको छ । सह–संयोजकमा डा. दिपक राज जोशी, गिरीराज उपाध्यायय, हरिकृष्ण कडायत, जगदिश प्रशाद लेखक रहेका छन् । भने महासचिवमा बिरेन्द्र प्रशाद भट्ट, माला भण्डारी, परमल सिह महर, हरिदत्त भट्ट, प्रकास बहादुर साउद, करन साउद र कोषाध्यक्षमा भक्तराज भट्ट रहेका छन् । 

सदस्यहरु तर्फ हरी प्रशाद लेखक, रमेशचन्द्र जोशी, शिव शंकर पन्त, हर्क साउद, केशवराज जोशी, राजेन्द्र सिह धामी,लाल बहादुर बोहरा, आत्मराज अधिकारी, रुपक रौले, भरत बहादुर स्वाँर, भिम विष्ट, नवराज जैसी, झनक राज जैशी, प्रेम प्रकास भण्डारी, डा.बसन्त आचार्य, रक्षा शर्मा, राजेन्द्र कुँवर, ऋषिराज जोशी, बिनोद भण्डारी, नरेन्द्र अवस्थी, धन सिह विष्ट, केशव राज विष्ट, शंकर पुजारा, पदम बहादुर साउद, परमानन्द अर्याल, दिर्घराज पण्डित, मान ब. भाट, पदमराज भट्ट, उद्धव देव भट्ट, भानुभक्त जोशी, राजेन्द्र प्रशाद जोशी, कर्णदेव भट्ट,धनराज विष्ट, डम्मर सिह साउद, बिरेन्द्र सिह धामी, विष्णू दत्त जोशी, दामोदर कडेल, भरत कुमार तिरुवा, उमाकान्त भण्डारी, यज्ञराज जोशी, बसन्ती शर्मा, परमानन्द जोशी रहेका छन् । 

सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसका पिन्सिपल प्रा.डा.भुपेन्द्र सिह विष्टको संयोजकत्वमा १५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समितिमा १४ वटै आंगिक क्याम्पसका क्याम्पस प्रमुखलाई सदस्यमा चयन गरेको छ ।  

सदस्यहरुमा प्रेम सिह भाट, केशवर कुँवर, डम्बर बहादुर पाल, मोहन राज उपाध्याय, कृष्णसिह साउद, उत्तम सिह भण्डारी, प्रदिप कुमार जोशी, कृष्ण प्रशाद जैसी, नवराज नाथ, चेतराम भट्ट, बासुदेव जोशी, सुरेश प्रशाद पण्डित, गणेश दत्त लेखक, जगतसिह रावल रहेका छन् । विश्वविद्यालय केन्द्रीय क्याम्पसमा क्रियाशिल प्राध्यापक संघ संगठनका अध्यक्ष पदेन सदस्य रहने गरि सचिवालय समेत गठन गरिएको छ । आवश्यक मस्यौदा समिति, निर्वाचन कार्यविधी, निर्माण समिति, समन्वय तथा सदस्यता वितरण समिति समेत गठन गर्ने निर्णय गरिएको छ । 

यसैविच  सुप विश्वविद्यालय प्राध्यापक संघ तदर्थ समितिले केन्द्रीय क्याम्पसका पिन्सिपल डा. भुपेन्द्र सिह विष्टलाई चारबुँदे लिखित मागपत्र समेत बुझाएको छ । केन्द्रीय क्याम्पसमा रहेका तालाबन्दी खोल्ने, विवादित कर्मचारी भर्ना, तलब भत्ता यथासिघ्र निकासा र शैक्षिक वातावरण सम्बन्धमा माग पत्र बुझाएको हो । प्रिन्सिपल डा. विष्टले उक्त माग सम्बोधनका लागि प्रशासनलाई आवश्यक निर्देशन दिएको छ । कर्मचारी भर्नाकै विषयलाई लिएर विभिन्न विद्यार्थी संगठनले सुप विश्वविद्यालय केन्द्रीय क्याम्पस, मुल गेट विभिन्न विभागमा लगाएको तालाबन्दीका कारण पठन पाठनका साथै प्रशासनिक कामकाज प्रभावित भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले