2026-09-13 03:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देहीमा शैक्षिक गुणस्तर बढाउन नैतिक शिक्षा

पुस  १२६, खस्यौली | निजी विद्यालयमा शैक्षिक गुणस्तर बढाउन नैतिक शिक्षालाई प्राथमिकतामा राख्न शिक्षक सहमत भएका छन् । 

आज रुपन्देहीको सैनामैना नगरपालिकामा रहेका विद्यालयमा कार्यरत शिक्षक तथा शिक्षिकालाई सूचना प्रविधिमा अध्यापन गराउने विषयमा दिएको तालीममा उनीहरुले नैतिक शिक्षाबाट सभ्य, संस्कारयुक्त समाजको निर्माण हुने विचार व्यक्त गरे । 

उक्त अवसरमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले नैतिक शिक्षाको बलमा नै शैक्षिक गुणस्तर बढ्ने उल्लेख गर्दै अहिले सबै विद्यालयमा नैतिक शिक्षाको अभाव देखिएको छ भन्नुभयो । उहाँले अहिलेको समयमा सूचना, प्रविधिको आत्मसाथ गर्दै अघि बढ्न आवश्यक भएकोमा जोड दिनुभयो । 

सैनामैना संस्थागत विद्यालय सङ्गठनका अध्यक्ष कृष्णप्रसाद शर्माले नैतिक शिक्षा सबैकोे चासोको विषय भएको उल्लेख गर्दै नैतिक शिक्षालाई अध्यापन गराउन आफूहरु उत्सुक भएको बताउनुभयो । १८ निजी विद्यालय रहेको सैनामैनामा करीब ५०० शिक्षक तथा शिक्षिका छन् । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले