2026-09-14 07:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका दुर्गम बस्तीको विद्यालय नमूना बन्दै

माघ ७, डडेल्धुरा | डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै गइरहेका छन् । निजी तथा संस्थागत बोडिङ छोडेर अभिभावक आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा ल्याउन थालेको शिक्षक बताउँछन् । 

डडेल्धुराकै दुर्गम महाकाली किनारको बस्तीकी प्रतिभा शाही घर आँगनकै बोडिङ छोडेर यो वर्षदेखि भुवनेश्वरी माध्यमिक विद्यालयमा भर्ना भएकी छन् । उनी मात्रै नभई उनका छिमेकी २० जना यो विद्यालयमा भर्ना भएको शिक्षक बताउँछन् । 

विद्यालयले बोडिङ स्कूलझैँ अङ्ग्रेजी माध्यममा पढाउन शुरु गरेसँगै विद्यार्थी निजी विद्यालय छोड्दै सामुदायिक विद्यालयमा आउन थालेका छन् । विद्यार्थी अभावमा स्कूल बन्द भइरहेको बेला यो स्कूलमा भने विद्यार्थी थेगी नसक्नुभएको भुवनेश्वरी माविका प्रधानाध्यापक डम्बरबहादुर थ्वालले बताउनुभयो । 

सुदूरपश्चिमका पहाडी जिल्लामा दर्जनौँ विद्यालय विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुग्ने थालेका छन् तर डडेल्धुराको दुगर्म बस्तीमा महाकाली किनारमा रहेको एक विद्यालयमा भने विद्यार्थी थेगी नसक्नु अवस्थामा छ । निजी विद्यालय छोडेर विद्यार्थी यो विद्यालयमा भर्ना भएका छन् । 

विद्यालयमा नियमित खेलकूद र अतिरिक्त क्रियाकलापसँगै हरेक साता विद्यार्थीमैत्री कसरी बनाउने भन्ने विषयमा अभिभावक छलफलमा समेत जुट्ने गरेको स्थानीय अभिभावक खेमराज भट्टराईले जानकारी गराउनुभयो । विद्यालयले दैनिक ५६२ विद्यार्थीको नियमित अनुगमन गर्ने गर्दछन् । र विद्यार्थीको पढाइ सरसफाइलगायत अतिरिक्त क्रियाकलापको समेत जानकारी गराउने कार्य भइरहेको प्रअ थ्वालले जनाउनुभयो । 

दुर्गम बस्तीमा रहेको यो विद्यालयमा शैक्षिकस्तर बढाउनका लागि भरपूर्ण मिहेनत गर्न शिक्षकले प्रतिबद्धता जनाउँदै विशेष कार्ययोजनासमेत निर्माण गरी लागू गरिरहेको जनाएका छन् । 

विसं २०३० मा स्थापना भएको विद्यालयले बाल विकासदेखि कक्षा १२ सम्म सञ्चालन गरेको छ । विद्यालयमा आधुनिक पुस्तकालय र कम्प्युटर कक्षासमेत नियमित सञ्चालन हुने गरेका छन् । शैक्षिकस्तर सुधार, आधुनिक शिक्षा प्रणाली लागू गर्ने गुरुयोजना बनाएको प्रअ थ्वालले जनाउनुभयो । 

सरकारी र गैरसरकारी संस्थाको प्रयासमा डडेल्धुराका सामुदायिक विद्यालय नमूना बन्दै गइरहेको यस वर्ष पनि शिक्षा क्षेत्रमा यो जिल्ला अगाडि रहने शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख नाराणदत्त भट्टले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले